२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

अ+ अ-

काठमाडौँ । सरकारले कोभिड-१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए ।

मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घसंस्थासँग समन्वय गर्न भनिएको छ ।

यस्तै विदेशबाट आएका व्यक्तिलाई क्यारेन्टिनमा राख्न, रोगको निगरानीलाई चुस्तदुरुस्त पार्न पनि निर्देशन दिइएको छ । मन्त्रालयले सङ्क्रमण खोजी गर्न र कन्ट्याक्ट ट्रसिङको कार्यलाई पनि बढाउन भनेको छ ।

उनले सबै अस्पताल र स्वास्थ्य संस्थामा महामारी व्यवस्थापनका लागि आवश्यक तयारी राख्न पनि निर्देशन दिएको जानकारी दिए । मन्त्रालयले स्थानीय तहलाई सङ्क्रमणको उच्च जोखिम क्षेत्र पहिचान गरी ‘समुदायस्तरमा कोभिड–१९ को गरिने एन्टिजेन परीक्षण प्रक्रियासम्बन्धी मार्गदर्शन’ बमोजिम गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले हिजो नेपालमा पनि सङ्क्रमण बढ्न सक्ने अवस्थालाई दृष्टिगत गर्दैै देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, बैठक र भीडभाड हुने कार्य नगर्न/नगराउन निर्देशन दिएको थियो । मन्त्रालयका प्रवक्ता डा गौतमले भारतमा सङ्क्रमण बढेकाले भौतिक दूरी कायम गर्न, मास्क लगाउन, साबुनपानीले राम्रोसँग हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आग्रह गरे ।

नेपालमा अहिलेसम्म दुई लाख ७५ हजार ९०६ जनामा सङ्क्रमण देखिएको छ । यस्तै दुई लाख ७१ हजार ९२१ जनामा सङ्क्रमणबाट निको र तीन हजार १६ जना सङ्क्रमणको कारणले निधन भइसकेका छन् ।