२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्भिकले अत्याधुनिक सुविधायुक्त टेस्टट्यूब बेबी सेन्टर सञ्चालनमा ल्याउने

अ+ अ-

काठमाडौँ । देशकै स्तरीय अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलमा अब बाँझोपनकोसमेत अत्याधुनिक प्रविधिबाट उपचार हुने भएको छ ।

विभिन्न कारणले सन्तान नभएकाहरूका लागि आधुनिक प्रविधिहरू भित्र्याएर नर्भिक अस्पतालले छिट्टै बाँझोपनको उपचार गर्ने विशेष प्रजनन केन्द्र नै स्थापना गरी अन्तर्राष्ट्रिय स्तरको सेवा दिने तयारी थालेको हो ।

नर्भिक इन्टरनेशनल हस्पिटलकी प्रबन्ध निर्देशक मेघा चौधरीकाअनुसार नर्भिकले दुई महिनाभित्रमा छुट्टै आइभिएफ एण्ड फर्टिलिटि सेन्टर सञ्चालनमा ल्याउन लागेको हो ।
नेपालकै चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्ट ट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले उपचार सेवा प्रदान गर्नेछ ।

डा. शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त हुनेछ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरूको प्रयोग गरी स्तरीय स्वास्थ्य सेवा दिइने योजना बनाइएको डा. शर्माले जानकारी दिइन् ।

यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याबसमेत सञ्चालन हुनेछ । नेपालमा हालसम्म कुनै पनि आइभिएफ सेन्टरमा प्रि–जेनेटिक डाइग्नोसिस सेवा सञ्चालनमा आउन सकेको छैन । प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रूणको अवस्था पहिचान गरी गर्भधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरूमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण हुने चिकित्सकको भनाई छ ।

डा. शर्माले विगत १५ वर्षदेखि काठमाडौँका विभिन्न अस्पतालसँग आबद्ध रहेर स्त्री रोग तथा बाँझोपनको समस्या रहेका सयौँ बिरामीलाई सेवा दिइसकेकी छन् ।

नर्भिकको यो सेन्टरमा आधुनिक सुविधासहित स्त्री रोग, प्रसूति सेवाका साथै निसन्तान दम्पत्तिहरुका लागि उपचार सेवा उपलब्ध हुनेछ ।
परिवर्तित जीवनशैली, वातावरणीय अवस्था र बढ्दो तनाव लगायतका कारणले अधिकांश महिलामा बाँझोपन अर्थात् निसन्तान सम्बन्धी समस्या विकराल बन्दै गएको छ ।

बढ्दो उमेर, ढिलो विवाह, धूम्रपान तथा मादक पदार्थको सेवन, यौन सम्बन्धी रोग, पाठेघरको सङ्क्रमण, असुरक्षित गर्भपतन, महिनावारी रोक्ने औषधिको अधिक सेवन, लामो समयसम्म गर्भ निरोधक अस्थायी साधनको प्रयोग, अधिक मोटोपन, सुगर तथा थाइराइडको समस्या लगायतका कारणले पनि महिलाहरूमा बाँझोपन हुने अध्ययनहरूले देखाएका छन् ।