३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्नेमा जोड

अ अ+ अ-

काठमाडौँ । भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाल-भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताए । 

अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिस्पर्धा रहेपनि आर्थिक सम्बन्ध र व्यापारिक सहकार्य कायम रहेको उदाहरण दिँदै उनले भूराजनीतिक प्रतिस्पर्धाले आर्थिक सहकार्य रोक्न नसक्ने बताउनु भए । उनकाअनुसार अमेरिका र चीनबीच करिव ६०० अर्ब अमेरिकी डलरको व्यापार भइरहेको छ । 

भूराजनीतिले उनीहरूलाई एक अर्काबाट टाढा लैजान खोजे पनि अर्थतन्त्रले फेरि नजिक ल्याइरहेको उहाँले बताउनु भयो । उनले नेपाल भारतको सम्बन्ध जनस्तरको रहेको उल्लेख गर्दै यसलाई प्रभावित पार्न नहुने उनको भनाई छ । 

नेपाललाई भारतले क्षेत्रीय सम्पर्क र सहकार्यको पुलका रूपमा विकास गर्न चाहेको उनले बताए । चीन काठमाडौँसम्म बढ्दो पहुँचप्रति भारतको आफ्नै चासो र चिन्ता रहेको पनि उनको भनाई छ । यद्यपि यस्ता भूराजनीतिक चासोका कारण नेपाल-भारत सम्बन्धलाई सीमित गर्न नहुनेमा उनले जोड दिए। दुवै देशका नागरिकले राज्य केन्द्रित दृष्टिकोणभन्दा माथि उठेर साझा क्षेत्रीय हित, आर्थिक सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने उनको भनाई छ । 

उनले दक्षिण एसियाका देशबीच राजनीतिक स्वार्थभन्दा माथि नागरिकबीचको विश्वास, संवाद र सहकार्य रहेको उल्लेख गरे । उनले क्षेत्रीय सम्बन्धलाई नागरिक समाजको तहबाट थप बलियो बनाउनुपर्नेमा जोड दिए । दक्षिण एसियाली मुलुकहरूले राज्य केन्द्रित सोच र राष्ट्रवादी भाष्यबाट माथि उठेर नागरिक स्तरमा आपसी सम्बन्ध तथा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाई छ । 

सरकारले उठाउने राजनीतिक तथा ऐतिहासिक मुद्दाहरूलाई नागरिकले अत्यधिक महत्व दिने प्रवृत्ति त्याग्नुपर्नेमा उनले जोड दिए । पुराना विवादलाई पुनः उठाएर छिमेकी मुलुकविरुद्ध जनमत निर्माण गर्ने प्रवृत्ति क्षेत्रीय सहकार्यका लागि बाधक रहेको उनको भनाई छ ।

भारत, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका मुलुकमा सत्तारूढ राजनीतिक शक्तिहरूले समय-समयमा पुराना विवादलाई बाहिर ल्याएर जनमत प्रभावित पार्ने गरेको उनले बताए । यस्तो प्रवृत्तिले क्षेत्रीय सम्बन्धमा अविश्वास र दूरी बढाउने उनको भनाई छ ।

0 Comments