काठमाडौँ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका बाँकी खेलका लागि स्कटल्यान्डका ओपनिङ ब्याटर जर्ज मन्सेलाई अनुबन्ध गरेको छ । रोयल्सले सोमबार उनको अनुबन्धबारे जानकारी दिएको हो ।
स्कटल्यान्डका लागि एक दिवसीय र टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मन्से आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।






