काठमाडौँ । नेपाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको नतिजा सार्वजनिक भएको छ । लोक सेवा आयोगद्वारा फागुन ८,९ र १० गते सञ्चालित लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
खुला तथा समावेशीबाट प्रशिक्षार्थीका लागि माग भएको विज्ञापनमा ३८ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण भएकाहरूको अन्तर्वार्ताको मिति चैत २७, २८ र २९ गते तोकिएको छ ।
एक अविच्छिन्न र स्थायी सरकार हो राज्यको प्रशासन क्षेत्र । जनताप्रति सदैव र निरन्तर उत्तरदायी
भइरहनु पर्ने राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी
जरुरी छ । प्रशासन क्षेत्रले आम सेवाग्राही जनतालाई दिने सेवा प्रवाहका हरेक गतिविधिहरूलाई
सूक्ष्म निगरानी गरी थप जन मैत्री गराउन सकारात्मक खबरदारी प्रयास हो प्रशासन डटकम अनलाइन
पत्रिका ।