१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नर्भिकद्वारा अनुहारको आकृति मिलाउने आधुनिक शल्यक्रियाको सुरुवात

अ+ अ-

काठमाडौँ । विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने शल्यक्रिया नेपालका लागि चिरपरिचित होइन । अनुहारको आकृति असामान्य हुँदा स्वदेशमा विकल्प नभई शल्यक्रियाको खोजीमा विदेश जाने नेपाली बिरामीहरूको सङ्ख्या बढ्दो छ । तर, अब यो बाध्यता हटेको छ ।

काठमाडौँको थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विभिन्न कारणले बिग्रिएको अनुहारको आकृति मिलाउने अत्याधुनिक शल्यक्रिया सेवाको थालनी गरेको हो ।

जर्मन र ताइवानबाट विशेष तालिम प्राप्त गरी स्वदेश फर्किएका नेपाली चिकित्सकहरूको सहयोगमा नर्भिकले यो सेवाको सुरुवात गरेको हो ।

उच्चतम अत्याधुनिक प्रविधिको प्रयोग गरी नर्भिकमा डा. किशोर भण्डारी र डा.मनीष बज्राचार्यको टिमले यस्तो शल्यक्रिया सेवा दिन सुरु गरेको हो । यस्तो सेवा नेपालका कुनै पनि अस्पतालले उपलब्ध गराएका छैनन् ।

असामान्य देखिने अनुहारको आकृति आधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रियामार्फत मिलाउने यस्तो सेवा उपलब्ध गराउने नर्भिक देशकै पहिलो अस्पताल समेत हो ।

के हो अनुहारको असामान्य आकृति ?
अनुहारको माथिल्लो र तल्लो हड्डीबिचको सन्तुलन कायम नहुँदा देखिने असामान्य आकृतिलाई फेसियल डिफर्मिटिज भनिन्छ । यसको शल्यक्रियाद्वारा गरिने उपचार विधिलाई फेसियल डिफर्मिटिज  भनिन्छ ।

शारिरीक विकास हुने क्रममा अनुहारका हड्डीबिचको सन्तुलन कायम नहुँदा विभिन्न प्रकारका फेसियल डिफर्मिटिज उत्पन्न हुनसक्छन् । जस्तै : अनुहारको माथिल्लो भागको हड्डी चाहिने मात्रामा विकास नहुनु, तल्लो भागको हड्डी अस्वभाविक रुपले धेरै विकास हुनु, च्यूडो बांगिएर अनुहारको आकृति असामान्य हुनु, माथि र तलको दाँतको समन्वय नमिल्दा मुख बन्द नहुनु आदि । यसको अलावा बाल्यकालमा अनुहारमा लागेका चोटपटककको सही उपचार नहुँदा पनि युवा अवस्थामा अनुहारको बनावट असामान्य रुपले विकास हुनसक्छ ।

कस्तो असर गर्छ ?
यसप्रकारको अवस्थाले गर्दा अनुहारको आकृति असामान्य हुनुको साथै दैनिक क्रियाकलापमा समेत भौतिक र मानसिक असर देखिने गर्दछ । उदाहरणका लागि राम्ररी खाना चपाउन नसक्नु, बोली स्पष्ट नहुनु, बोल्दा थुक बाहिर उछिट्टिनु, अनुहारको मांशपेसीमा अत्यधिक दवाब पर्न गई अनुहारको जोर्नीमा नकारात्मक असर पर्नु, श्वासप्रश्वास नली साँघुरिएर निद्रामा असर पर्नु, अनुहारको असामान्य आकृतिले गर्दा आत्माविश्वासको कमी हुनु आदि ।

कसरी गरिन्छ उपचार ?
डा. किशोर भण्डारीका अनुसार सामान्यतया यस्तो अपरेशनअघि दाँतमा ब्रेसेज बाँधिन्छ र अपरेशनद्वारा अनुहारको माथिल्लो र तल्लो हड्डीलाई नयाँ पोजिसनमा सारी टाइटेनियम प्लेट्स र स्क्रूले फिक्स गरिन्छ । सम्पूर्ण शल्यक्रिया मुखभित्रबाट गरिन्छ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग देखिदैन । यस्तो शल्यक्रिया अवधि ४–६ घण्टाको हुन्छ । शल्यक्रियापछि धेरैमा ३ दिन मात्र अस्पताल बस्नुपर्ने हुन्छ । बिरामीले काम, पढाई वा दैनिक कामबाट १–२ हप्तासम्मका लागि विदा लिनुपर्ने हुन्छ । ६ हप्तासम्म झोलिलो खानेकुरा मात्र खानु पर्छ । शल्यक्रियाको २–३ हप्तापछि ब्रेसेज बाँध्ने काम सुरु हुन्छ र यो प्रक्रिया ६ महिनादेखि डेढ वर्षसम्म जारी रहन्छ ।

नर्भिकमा यस खालको शल्यक्रियामा संसारभरिमै उत्कृष्ट मानिने भर्चुअल सर्जिकल प्लानिङ(भीएसपी) अर्थात कम्प्युटुरको सहायताले अनुहारको बनौट निक्र्यौल गरिने आधुनिक तथा उच्चतम प्रविधि प्रयोगमा ल्याएको छ ।