३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलको प्रष्टीकरण : ‘एमालेको राष्ट्रिय भेलाले नयाँ निर्णय गर्दैन’

अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाले कुनै नयाँ निर्णय नगर्ने स्पष्ट पारेका छन् ।

उनले राष्ट्रिय भेलाको मुख्य उद्देश्य पार्टीले यसअघि गरेका निर्णयलाई कार्यान्वयनमा एकरूपता कायम गराउनु रहेको बताएका हुन् । 

सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले राष्ट्रिय भेला निर्णय गर्ने निकाय नभई भएका निर्णयलाई पार्टीका सबै तहसम्म पुर्‍याउने र कार्यान्वयनमा एउटै धारणा निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको बताए । 

उनका अनुसार नयाँ निर्णय गर्ने अधिकार पार्टीको कार्यकारिणी कमिटीमा रहनेछ । आवश्यकताअनुसार केन्द्रिय कमिटीले पनि नयाँ निर्णय गर्न सक्ने भए पनि राष्ट्रिय भेलाबाट भने कुनै नयाँ निर्णय नहुने उनले स्पष्ट पारे। 

पोखरेलले राष्ट्रिय भेलाले पार्टीका नेता तथा कार्यकर्तालाई एउटै राजनीतिक लयमा अघि बढाउने र पार्टीले लिएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा सहजीकरण गर्ने बताए । 

महासचिव पोखरेलले भने, ‘राष्ट्रिय कार्यकर्ता भेला कुनै नयाँ निर्णय गर्ने थलो होइन । यो पार्टीले यसअघि गरेका निर्णयहरूलाई एकरूपताका साथ कार्यान्वयन गर्दै सिंगो पार्टीलाई एउटै लयमा अघि बढाउने उद्देश्यले आयोजना गरिएको हो । नयाँ निर्णय गर्ने अधिकार कार्यकारिणी कमिटी र आवश्यकताअनुसार केन्द्रिय कमिटीलाई हुन्छ ।’

एमालेले आगामी मंसिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ ।

0 Comments