२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएद्वारा एक लाख ७० हजारलाई राहत

अ+ अ-

काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको छ ।

कोभिड–१९ महामारीपछि सङ्घको पहलमा भएका उद्धार तथा राहत विवरण सार्वजनिक गर्दै ५० देशका ३०० बढी सहरमा रहेका नेपालीलाई राहत वितरण गरिएको जनाइएको छ । सङ्घले समस्यामा परेका नेपाली श्रमिकमध्ये घरफिर्तीका लागि ३२४ जनाको पिसिआर परीक्षण तथा २१७ जनालाई आंशिक हवाई टिकटको व्यवस्था गरिएको जनाएको छ ।

रोजगारी गुमाएका, सामान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी, विशेष आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग खर्चिएको सङ्घको भनाइ छ । सङ्घले धेरै नेपाली श्रमिक भएका मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरब, बहराइन, कुवेत तथा ओमानलगायत मुलुकमा राहत र उद्धारको विशेष अभियान चलाएको थियो ।

भर्चुअल पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष कुमार पन्तले नेपाल सरकारसँगको सहकार्यमा खाना तथा बासको व्यवस्था, घरफिर्ती कार्यका लागि आंशिक हवाई टिकट तथा पिसिआर सेवा, मानसिक स्वास्थ्य परामर्श सेवा तथा स्वास्थ्य समस्यामा परेका नेपालीलाई सहयोग गरिएको बताए।

सङ्घका महासचिव डा. हेमराज शर्माले कोभिड–१९ पछाडि देखिन सक्ने मानसिक स्वास्थ्यलाई विशेष ध्यानमा राखेर विश्वभर २०० बढी नेपाली चिकित्सक परिचालित गरिएको बताए । अमेरिका, बेलायत, युरोपियन क्षेत्र, मध्यपूर्वी क्षेत्र, अफ्रिकन क्षेत्र र एसिया प्रशान्त क्षेत्रमा अनुभवी स्वास्थ्यकर्मी तथा चिकित्सकलाई परिचालित गरिएको सङ्घले जनाएको छ ।