९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जग्गा किर्ते प्रकरणका कम्प्युटर अपरेटरलाई धरौटीमा छोड्न आदेश

अ+ अ-

सुर्खेत । उच्च अदालतले मालपोत कार्यालय सुर्खेतका कम्प्युटर अपरेटर सुनिल रानालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

जिल्ला अदालतको आदेशबाट चैत २७ गतेदेखि पुर्पक्षका लागि थुनामा रहेका रानालाई उच्च अदालतले पाँच लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

एउटाको जग्गा अर्कैको नाममा नामसारी गर्ने कार्यमा कम्प्युटर अपरेटर राना र जग्गा आफ्नो नाममा ल्याएका सहवीर कार्कीको संलग्नता देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र सुवेदी र राजेन्द्र खरेलको इजलासले किर्ते तथा ठगीजन्य कार्य गरेको भनी वादी पक्षले स्पष्ट दाबी लिन नसकेको एवम् जाहेरी दर्खास्त र बुझिएका मानिसहरूले प्रतिवादीउपर किटानी गरी लेखाउन नसकेकाले केवल पदीय हैसियतको आधारमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश नमिलेको उल्लेख छ ।

‘प्रतिवादीले के कसरी किर्ते तथा ठगीजन्य कार्य गरेको भनी वादी पक्षले स्पष्ट दाबी लिन नसकेको र जाहेरी दर्खास्त एवम् बुझिएका मानिसहरूले प्रतिवादी उपर किटान गरी लेखाउन नसकेको तथा प्रतिवादी कसुरमा इन्कार रहेका र सह अभियुक्तले पोल गर्न नसकेको अवस्थामा केवल पदीय हैसियतको आधारमा समान अवस्थाका अन्य प्रतिवादीहरू भन्दा बेग्लै थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी जिल्ला अदालतबाट भएको आदेश सो हदसम्म मिलेको नदेखिँदा बदर हुन्छ,’ न्यायाधीशद्वयले फैसलामा भनेका छन्, ‘मुद्दाको प्रकृति तथा प्रतिवादीको संलग्नतासमेतका आधारबाट प्रतिवादीबाट पाँच लाख नगद वा बैङ्क ग्यारेन्टी माग गरेर तारेखमा राख्नु र दिन नसके थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुहोला ।’

उच्चको आदेशसँगै राना पाँच लाख धरौटी राखेर शुक्रवार थुनामुक्त भएका छन् ।

वीरेन्द्रनगर–१२ मा रहेको सौगात रावतको नामको ३१११ कित्ता नम्बरको छ कट्ठा जमिन असार आठ गते मालपोत कार्यालय र जग्गा दलालको मिलेमतोमा सहवीर कार्कीको नाममा पास गरिएको थियो । त्यसको भोलिपल्टै उक्त जमिन विभिन्न व्यक्तिहरूलाई विक्री गरिएको थियो । पीडितको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले मालपोत कार्यालयका तत्कालीन प्रमुख खत्रीसहित १९ जनाविरुद्ध ठगी र किर्तेमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस