२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

९ महिनामा ३० गैँडा मरे

अ+ अ-

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरी शिकारीले मारेका हुन् ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पछिल्लोपटक वैशाख १ गते गैँडा मृतावस्थामा फेला परेको थियो । गत आर्थिक वर्षमा प्राकृतिक कारणले २६ वटा गैँडा मरेका थिए ।

तीन महिना बाँकी रहँदा गत वर्षभन्दा बढी गैँडा मरेपछि निकुञ्जले गैँडा मर्नुको कारण पत्ता लगाउन समिति नै बनाएर काम गरिरहेको छ ।

प्राकृतिक कारणले मरेका गैँडा बूढो भएर, एकापसमा जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेरलगायतका कारणले मर्ने गरेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी हुँदा मृत्युदर बढेको अनुमान गरिएको छ । हालै गैँडा गणना भएपछि कुन क्षेत्रमा कति गैँडा छन् भन्ने यकिन तथ्याङ्क आइसकेको छैन ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले तथ्याङ्क निकालेपछि आवश्यक भएमा आन्तरिक स्थानान्तरणसमेत गरिने बताए । चोरी शिकारी नियन्त्रणका लागि निकुञ्ज लागिपरेको छ । केही तस्करीमा संलग्न पक्राउ परेपछि थप चोरी शिकार हुन पाएको छैन ।

गत वर्ष चोरी शिकार शून्य रहेको थियो । बरालले प्राकृतिक कारणबाट मर्ने सङ्ख्या पनि घटाउने प्रयास जारी रहेको जानकारी दिए ।

सन् २०१५ पछि यस वर्ष गैँडा गणना गरिएको हो । यस वर्षको गणनामा यस निकुञ्जमा ६९४ गैँडा भेटिएका थिए ।

यसअघिको गणनामा यो सङ्ख्या ६०५ मात्रै रहेको थियो । त्यसपश्चात स्नानान्तरण र चीनलाई उपहार दिइएको भए पनि सङ्ख्या भने वृद्धि भएको छ ।

बाढीबाट केही गैँडा बगेर भारत पुगेको अनुमान छ । भारतबाट १० वटा गैँडा फिर्ता ल्याइएको भए पनि अझै केही गैँडा भारतीय भूभागमा रहेको अनुमान गरिएको छ । आशा गरेअनुसार गैँडाको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित छन् ।