काठमाडौँ । निशेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति प्रणाली सुचारु गर्न ‘उच्चस्तरीय र्यापिड रेस्पोन्स टीम’ गठन गरिएको छ ।
कोभिड -१९ को महामारीलाई नियन्त्रणका लागि प्रशासनले निशेष आदेशहरू जारी गरिरहँदा सो समयमा स्वास्थ्य सुरक्षा, खाद्य पदार्थ तथा दैनिक उपभोग्य वस्तुहरूलगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छुट्टाछुट्टै टिम गठन गरेको हो ।
विभिन्न पाँच वटा क्षेत्र हेर्ने गरी मोबाइल नम्बरसहित सम्पर्क व्यक्ति तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायण प्रसाद रेग्मीले बताए ।
डा. रेग्मीका अनुसार आपूर्ति व्यवस्थापनको हकमा प्रेम कुमार श्रेष्ठको मोबाइल नम्बर ९८४१५२६४४१ मा फोन गर्न सकिने छ भने स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताको लागि जनकराज दाहालको मोबाइल नम्बर ९८५११४०००३ मा सम्पर्क गर्न सकिने छ ।
यस्तै कृषिजन्य तथा पशुजन्य सामग्रीको आपूर्तिका विषयमा समस्या परे डा. श्रीराम घिमिरेलाई ९८५११५१३४७ मा सम्पर्क गर्न सकिनेछ । उत्पादनशील उद्योगको हकमा नारायण प्रसाद दुवाडीको मोबाइल नम्बर ९८५१२२२०३३ र वैदेशिक व्यापारको हकमा मन्त्रालयका सहसचिव डा. नारायण प्रसाद रेग्मीको मोबाइल नम्बर ९८५१२७४६७४ मा सम्पर्क गर्न सकिने छ ।







