काठमाडौँ । कोरोना संक्रमण भई नर्भिक अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आईसीयूबाट वार्डमा सारिएको छ ।
स्वास्थ्यमा सुधार आएपछि कोमललाई आईसीयूबाट वार्डमा सारिएको हो । पूर्वराजा ज्ञानेन्द्र, उनकी धर्मपत्नी कोमल र छोरी प्रेरणा कोरोना संक्रमण भई १२ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
पूर्वरानी कोमलकाे गत बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो ।







