५ मंसिर २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपीडितद्वारा पुनः स्थापनाको माग

अ अ+ अ-

रसुवा । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण विस्थापित भई हाल काठमाडौँको गोसोक गुम्बास्थित अस्थायी आश्रयस्थलमा बसोबास गर्दै आएका स्याफ्रुबेँसीका नागरिकले आफ्नो जीविकोपार्जन पुनःस्थापना र सुरक्षित पुनर्वासका लागि सामूहिक पहल सुरु गरेका छन् ।

स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाजका अध्यक्ष भुज्युङ तामाङले विस्थापित भएको करिब तीन महिना बितिसक्दा पनि सामान्य जीवनमा फर्किन पीडित सङ्घर्षरत रहेका भन्दै सबै एकताबद्ध भएर ‘स्याफ्रुबेँसी बाढीपीडित कल्याण समाज’ गठन गरी सुरक्षित पुनःस्थापनाको माग गरिएको बताए ।

विस्थापित समुदायको सामूहिक प्रयासमा स्थापित समाजले पीडितका तत्कालीन, अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन आवश्यकता समेटिएको मागपत्र सरोकार भएका निकायमा पेश गरिसकेको छ । समाजले जिल्ला प्रशासन कार्यालय रसुवा, जिल्ला समन्वय समिति रसुवा, सशस्त्र प्रहरी बल नेपाल नं २० गुल्म हेडक्वाटर धुन्चेलगायत सम्बन्धित निकायमा उक्त मागपत्र बुझाएको उनले जानकारी दिए ।

जीविकोपार्जनको पुनः स्थापना, पुनर्वास, पुनर्निर्माण तथा सुरक्षित स्थानमा स्थानान्तरणका कार्य समयमै र प्रभावकारी रूपमा अघि बढाउन सरोकार भएका निकायसँग आवश्यक समन्वय र सहकार्य सुनिश्चित गर्नु समाजको मुख्य उद्देश्य रहेको अध्यक्ष तामाङले बताए ।

“आपसी सहयोग, सामूहिक जिम्मेवारी र निरन्तर एकताका माध्यमबाट मात्र हामीले वर्तमान चुनौतीलाई सामना गर्दै आफ्नो समुदायको सुरक्षित, दिगो र समुन्नत भविष्य पुनर्निर्माण गर्न सक्छौँ”, समाजले मागपत्रमा भनेको छ । गृहजिल्ला छाडेर काठमाडौँका अस्थायी शिविरमा कष्टकर जीवन बिताइरहेका बाढीपीडितले आफ्ना माग तत्काल सम्बोधन गरी सुरक्षित बासस्थानको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन् ।

0 Comments