९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटीमा स्थानीय तहले निमार्ण गरे ७३ आइसोलेसन बेड

अ+ अ-

डोटी । डोटीमा स्थानीय तह र तथा निजी तथा सामुदायिक अस्पतालले अक्सिजन सहितको ७३ वटा आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएका छन् ।

भारतबाट घर फर्किनेको सङ्ख्या र सङ्क्रमितको सङ्ख्या दिनानुदिन वृद्धि भएसंगै अक्सिजन सहितको आइसोलेसन बेड निमार्ण गरी सञ्चालनमा ल्याएको बडी केदार गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक योगेन्द्र शाहीले बताए ।

बुधवार सम्म डोटीमा बडी केदार गाउँपालिकाले अक्सिजन र नेबुलाईजर सहितको छ बेड सञ्चलनमा ल्याएको छ त्यस्तै गरी केआईसिंह गाउँपालिकाले अक्सिजन सहितको छ बेड, आदर्श गाउँपालिकाले अक्सिजन सहितको छ बेड, सायल गाउँपालिकाले अक्सिजन सहितको पाँच बेड र अन्य पाँच गरी १० बेड,पुर्विचौकी गाउँपालिकाले ईलेक्टीक अक्सिजन सहितको चार र अन्य छ गरी १० बेड,बोगटान फुड्सिल गाउँपालिकाले अक्सिजन सहितको पाँच र अन्य ३ गरी आठ बेड, दिपायल सिलगढी नगरपालिकामा पर्ने जिल्ला अस्पताल डोटीले अक्सिजन सहितको १० बेड र अन्य पाँच गरी १५ बेडको आइसोलेसन बेड तयार गरी सञ्चालनमा रहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै जिल्लामा अन्य निजी तथा सामुदायिक अस्पताल अन्तर्गत शैलेश्वरी पोलीक्लीनीकले अक्सिजन सहितको चार बेड, चोपडा अस्पतालले ईलेक्टीक अक्सिजन सहितको तिन बेड, सुदूरपश्चिम क्षेत्रीय प्रहरी अस्पताल दिपायलले अक्सिजन सहित तिन बेड र सुजङ अस्पतालले अक्सिजन सहितको दुई बेडको आइसोलेसन वार्ड निमार्ण गरी सञ्चालनमा रहेका छन् । भने जिल्लाका अन्य शिखर नगरपालिका र जोरायल गाउँपालिकाले आइसोलेसन बेड निमार्णको क्रममा रहेको बताएको छ ।

संक्रीय सङ्क्रमितहरू मध्य १३ जनाको जिल्ला अस्पताल डोटीको आईसोलेन बेडमा राखेर उपचार भइरहेको जिल्ला अस्पताल डोटीका कोरोना फोकल पर्सन डाक्टर राजेन्द्र फुलाराले बताए । डाक्टर फुलाराका अनुसार अस्पतालमा आज १३ जनाको उपचार भइरहेको छ जसमध्ये पाँच जनालाई अक्सिजन दिनु परिरहेको बताए । जिल्लामा अक्सिजनको एक वटा सिलिन्डर समेत नभएको अभाव रहेको समेत डाक्टर फुलाराले बताए ।

वैशाख महिना यता बुधवार सम्म जिल्लामा भारत बाट एक सय २६ जना महिला र एक हजार आठ सय ८१ जना पुरुष गरी दुई हजार सात जना डोटीमा भित्रिएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए । उनले भने भारतको नाकाबाट नेपाल प्रवेश गरिसकेपछि कुन कुन जिल्लाको कति सङ्ख्यामा छ भनेर सङ्ख्या यकिन गरी सम्बन्धित जिल्लामा पठाउने गरेको समेत बताए । डोटीको प्रवेशद्वार जोरायल गाउँपालिका वडा नम्बर २ बुडर र बडी केदार गाउँपालिका वडा नम्बर १ बिपी नगरमा स्वास्थ्य सचेतना सहितको रेकर्ड राख्ने गरेको समेत प्रहरी उपरीक्षक मल्लले बताए ।

वैशाख महिनामा डोटी जिल्लामा चार सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका छन् । जस मध्य बुधवार सम्म चार सय २२ जना सक्रिय संक्रममीत रहेका छन् । हाल सम्म डोटीमा कोरोना भाइरस सङ्क्रमणबाट तिन जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस