२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

५० बिघा क्षेत्रफलमा बृहत्तर फलफूल स्रोत केन्द्र स्थापना गरिने

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश र वि.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पतालबिच बृहत्तर फलफूल स्रोत केन्द्र स्थापनाका लागि सम्झौता भएको छ । बि.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पताल परिसर भित्रको ५० बिघा क्षेत्रफलमा बृहत्तर फलफूल स्रोत केन्द्र स्थापना कार्यक्रम सञ्चालन गर्न समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा कृषि विकास निर्देशनालयका निर्देशक रवीन्द्र प्रधान र अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हस्ताक्षर गरेका हुन् ।

मन्त्रालयले अस्पतालसँगको सहकार्यमा आगामी आर्थिक वर्षमा बृहत्तर फलफूल स्रोत केन्द्र स्थापना कार्यक्रम सञ्चालन गर्नको लागि अस्पताललाई आवश्यक बजेटको व्यवस्था गर्ने छ ।

यस कार्यक्रम कार्यान्वयन पश्चात् बागवानी फार्मको उत्पादन र उत्पादकत्व वृद्धि हुनुको साथै वार्षिकरुपमा न्यूनतम तीन लाख आँप, लिची, कटहर, एभोकाडो, सपोटा लगायतका वहुवर्षिय फलफूलको गुणस्तरीय बेर्ना उत्पादन भई कृषकहरू माझ सहुलियत दरमासमेत उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।

हस्ताक्षर कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सभा सदस्य विजय सुवेदी, क्यान्सर अस्पतालका बोर्ड अध्यक्ष डा. निर्मल लामिछाने, मन्त्रालयका सचिव डा. मतिना जोशी वैद्य, अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतम, कृषि विकास निर्देशनालयका प्रमुख रवीन्द्र बहादुर प्रधान लगायतको उपस्थिति थियो ।

हाल क्यान्सर अस्पताल परिसरभित्र रहेको उक्त फार्म वि. सं.२०४९ साल अघि नेपालकै ठुलो सरकारी बागवानी केन्द्रको रूपमा रहेको थियो ।