काठमाडौँ । अमेरिकाले नेपाली सेनालाई सहयोगस्वरुप ‘रेस्कयु बोट’ उपलब्ध गराएको छ । अमेरिकाले बाढी र डुबान जस्ता जल उत्पन्न विवादबाट उद्धार गर्नका लागि नेपाली सेनालाई ‘आउट बोर्ड मोटर’ सहितका चार (४) वटा उद्धार डुङ्गा(रेस्कयु बोट) सहयोगस्वरुप उपलब्ध गराएको हो ।
मङ्गलवार छाउनीस्थित जङ्गी असवाव खानामा एक कार्यक्रमका बीच दूतावासस्थित रक्षा सहयोग कार्यालयका प्रमुख मेजर माइकल पी. ह्वाइटले नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मा ढुङ्गानालाई उक्त डुङ्गा हस्तान्तरण गरेका हुन् ।