७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती प्रदेश :अर्थसम्बन्धी विधेयक पारित

अ+ अ-

मकवानपुर । वाग्मती प्रदेशसभाको आज बिहान बसेको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ ।

बैठकमा उक्त विधेयक पारित गरियोस् भनी आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रस्ताव टेबुल गरेका थिए । उक्त विधेयकमाथि सामान्य छलफल भई उठेका जिज्ञासामा मन्त्री ढुङ्गेलले सरकारले प्रस्तुत गरेको विधेयकमा करको दायरा बढ्दा पहुँचमा नरहेका सर्वसाधारण, निजी व्यवसायी र उद्यमीले कुनै कठिनाइ भोग्न नपर्ने तथा सरकारको कर राजस्व असुलीमा तीव्रता ल्याइने धारणा व्यक्त गरे ।

उनले प्रदेश सरकारले जनताको बृहत् हितका लागि चालिने कदम र राष्ट्रिय गौरवका आयोजनाको विनियोजित बजेट बाँडफाँड गरिँदा सत्ता र प्रतिपक्षी भनेर कसैलाई पनि उपेक्षा नगरी समान व्यवहारका साथ कार्यान्वयन गर्दै लैजाने दृढता व्यक्त गरे ।

बैठकमा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव टेबुल गरेकी थिइन्। ती दुवै प्रस्तावलाई बैठकले सम्बन्धित समितिमा पठाउन भनी स्वीकृति प्रदान गरेको छ ।

यसै गरी सो बैठकमा उद्योग पर्यटन वन तथा वातावरण समितिका सभापति रमा आलेमगरले सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन प्रतिवेदन २०७८ पनि आजै पेस गरिन् ।

उक्त बैठकमा अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ माथि प्रदेशसभाका सदस्यले छलफलमा सहभागी हुँदै सरकारले प्रस्ताव गरिएको कर राजस्व असुली सम्बन्धमा सर्वसाधारण, उद्यमी र निजी व्यवसायीलाई आर्थिक बोझ नपर्ने गरी सन्तुलित ढङ्गबाट दायरा बढाउन आग्रह गरे ।

उनीहरुले सरकारले प्रतिपक्ष र अर्थ विज्ञसँग बसेर विचार विमर्श गरेर मात्र राजस्वको दायरा बढाउन उपयुक्त हुने, कोभिड सङ्क्रमणका कारणबाट दैनिक ज्याला मजदुरी गर्ने विभिन्न व्यवसायमा संलग्न व्यक्तिलाई रोजगारीका अवसरबाट बञ्चित रहनुपरेका अवस्थामा उनीहरुबाट कर असुलीको दायरा बढाउँदा मानवीय संवेदनशीलता हुनुपर्ने सुझाव प्रस्तुत गरे।

प्रतिपक्ष दलका नेताले प्रदेशसभाका सभामुखलाई बैठक कक्षमा विद्युत् र अन्य उपकरण अवरुद्ध हुन पुग्दा आइतबार साँझको बैठकलाई आज बिहान सार्न आग्रह गर्दागर्दै पनि सत्तारुढ दलको एकपक्षीय आग्रहबाट प्रमुख प्रतिपक्षी अनुपस्थित रहेका अवस्थामा नै बजेट पारित हुनु संसदीय व्यवस्थामाथि नै सरकारले आघात पुर्‍याएको आरोप लगाए ।

उक्त बैठकमा प्रदेशसभाका सदस्य क्रमशः राधा घले, विशाल खड्का, विजया केसी श्रेष्ठ, नारायणबहादुर सिलवाल, सृजना सैँजु, रमेश पौड्याल, नरोत्तम वैध, रत्नप्रसाद ढकाल, गीता वाग्ले र दिपक निरौला छलफलमा सहभागी थिए । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको चालु बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरेका थिए ।

प्रदेशसभामा अहिले सत्तारुढ नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, विवेकशील साझा, नेपाल मजदुर किसान पार्टी, राप्रपा र एक स्वतन्त्र गरी कूल १०९ सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस