२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख पौडेल

अ+ अ-

पोखरा । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले समातामूलक समाज निर्माणका लागि दलित महिला जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

जिल्ला समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘स्थानीय तहमा निर्वाचित दलित महिला सदस्य तथा जिसस पदाधिकारीको क्षमता अभिवृद्धि’ कार्यक्रमको उद्घाटन गर्र्दै उनले जातीय भेदभाव अन्त्यका लागि सम्बन्धीत सबै पक्ष सजग र सचेत हुनुपर्ने बताइन् ।

गण्डकी प्रदेश प्रमुख पौडेलले दलित समुदायको उत्थानका लागि नीति, कार्यक्रम तथा योजना तर्जुमादेखि कार्यान्वयन तहसम्म दलित जनप्रतिनिधिको अर्थपूर्ण सहभागिता हुनुपर्ने उल्लेख गर्दै ती समुदायको गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकता परिपूर्तिका लागि दलित महिला सदस्यको भूमिका प्रभावकारी हुनुपर्छ भनिन्।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेपालको संविधानको प्रस्तावनामा नै सबै खाले विभेद्को अन्त्य र मौलिक हकअन्तर्गत समानताको हक, छुवाछुत तथा भेदभावविरुद्धको हकको व्यवस्था गरिएको बताउँदै जनप्रतिनिधिले आफ्नो अधिकारको प्रयोग गरेर सामाजिक रुपान्तरणमा जुट्नुपर्ने व्यक्त गरिन् ।

जिससका प्रमुख बैनबहादुर क्षेत्रीले सबै प्रकारका जातीय विभेद्, कुरीति, कुसंस्कार, अन्धविश्वासलगायत अमानवीय व्यवहारलाई निर्मूल पार्ने अभियानमा जनप्रतिनिधिहरु लाग्नुपर्नेमा जोड दिए ।

दुई दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा कास्कीका ७२ वडाका ३६ जना दलित महिला सदस्यको सहभागिता रहेको जिससका उपप्रमुख सावित्री भण्डारीले जानकारी दिइन् ।