२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकमार्फत रकम भुक्तानी

अ+ अ-

मान्म । कालीकोटको तिलागुफा नगरपालिका–१ घडेरास्थित जगन्नाथ आधारभूत विद्यालयले विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गरेको छ ।

जिल्लामा दिवा खाजा र छात्रवृत्तिको रकम बैंकमार्फत भुक्तानी गर्ने उक्त विद्यालय पहिलो हो । सबै महिला शिक्षक मात्र रहेको जिल्लाकै एक नमूना रहेको उक्त आधारभूत विद्यालयले नगरपालिकाको समन्वयमा नेपाल इन्भेस्टमेन्ट बैंकमा विद्यालयका सबै विद्यार्थीको खाता खोलेर दिवा खाजा र छात्रवृत्तिको रकम भुक्तानी गर्न शुरु गरेको हो ।

विद्यालयले विद्यार्थीको दिवा खाजाबापत दुई लाख ६२ हजार ५०० र छात्रवृत्तिबापतको ६३ हजार ८०० विद्यार्थीको खातामा जम्मा गरिसकेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रतन नेपालीले बताए ।

हाल कालीकोटका सबैजसो विद्यालयका विद्यार्थीले पाउने दिवा खाजा र छात्रवृत्तिको रकम विद्यालयले हातहातमा नै दिने गरेका छन् । जिल्लाका धेरैजसो नाम चलेका विद्यालयले बालबालिकाले पाउने छात्रवृत्ति, दिवा खाजा, पाठ्यपुस्तकलगायतको रकम अनियमितता गरेको गुनासो आउने गरेकोे शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख महेश देवकोटाले बताए ।

बाल शिक्षादेखि कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा ११८ बालबालिका अध्ययनरत रहेको र विद्यालयमा छात्रभन्दा छात्राको सङ्ख्या बढी रहेको प्रधानाध्यापक तुलासा पाण्डेले जानकारी दिए ।

विद्यालयमा अधिकांश दलित बालबालिका अध्ययनरत रहेका बताइएको छ ।