२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा दैनिक ७९ टन फलफूल र तरकारी आयात

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतमा दैनिक ७९ क्विन्टल फलफूल र तरकारी आयात हुने गरेको छ । आयात हुने फलफूल र तरकारी मध्ये लुम्बिनी प्रदेशबाट १३ टन चार क्विन्टल, भारतबाट ५६ टन ६ क्विन्टल र चीनबाट ९ क्विन्टल फलफूल दैनिक आयत हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतले जनाएको छ ।

सबै भन्दा बढी आयात हुने तरकारी मध्ये आलु २० टन र प्याज १५ टन भारतबाट आउने गरेको छ । चीनबाट स्याउ १० टन, भारतबाट केरा २५ टन र बाँकी ९ टन टमाटर, खुर्सानी, भेडे खुर्सानी, मुला, लसुन, काउली र बन्दा दैनिक आयात हुने गरेको कर्णाली प्रदेश कृषि बजार व्यवस्थापन समिति सुर्खेतका अध्यक्ष प्रबल शाहीले बताए ।

नेपाल भौगलिकरुपमा इजरायलभन्दा सात गुणा ठुलो छ । इजरायलको ६० प्रतिशत क्षेत्रफल मरुभूमि छ । पानी कहिलेकाहीँ पर्छ । तर पनि तरकारी र फलफूल उत्पादन गरी २१ मुलुकमा निर्यात गरेर वैदेशिक मुद्रा आर्जन गर्दै आएको छ ।

नेपाल ‘कृषि प्रधान’ मुलुक भनेर चिनिन्छ । त्यसमा कर्णाली प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयले “अर्ग्यानिक खेतीमा वृद्धि, कर्णालीको संवृद्धि” नाराका साथ करोडौँ बजेट खर्च गरे पनि फलफूल र तरकारीमा लुम्बिनी प्रदेश, चीन र भारतमै परनिर्भरता चुलिएको छ ।

भूमि, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी रामभक्त अधिकारी भन्छन् ,‘सक्कली कृषक पहिचान गर्न नसक्दा सञ्चालित प्रमुख कार्यक्रम प्रभावित भएका छन् । अब नयाँ ढङ्गले कार्यक्रम सञ्चालन गरी कर्णालीलाई कृषिमा संवृद्धि बनाउने हामा्रे सङ्कल्प छ ।’

त्यस्तै अध्यक्ष साहीका अनुसार, सरकारको कृषि ऐन, नियम कागजमा राम्रा र अभ्यासमा कमजोरी भएकै कारण कर्णाली मात्र नभएर नेपालै कृषिमा परनिर्भर चुलिँदै गएको छ । कृषिमा उत्पादन गर्न जुन स्थानमा लगानी गर्नु पर्ने हो, त्यो ठाउँमा लगानी पुगेको छैन त्यसैले कृषि नीति नै बेठिक छ ।