२४ कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायीहरूको गुनासो : ‘भाईमसलाको मूल्यवृद्धिले अपेक्षित व्यापार हुन सकेन’  

अ अ+ अ-

काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा आवश्यक पर्ने भाईमसलाको मूल्यमा वृद्धि भएका कारण अपेक्षित कारोबार हुन नसकेको व्यवसायीहरूले गुनासो गरेका छन् । 

विगतका तिहारमा जस्तो यसपटक भाईमसलाको कारोबार अपेक्षित रूपमा कम भएको उनीहरूको भनाई छ । भाइमसला व्यवसायी सजीव बज्राचार्यका अनुसार नयाँ फसल भित्रिएसँगै भाईमसलाको मूल्यवृद्धि भएको हो । विशेष गरी पिस्ता र बदामको मूल्य केही बढेको उनले बताए । गत वर्षको तुलनामा यस वर्ष तिहार १० देखि १५ दिन ढिलो परेकाले नयाँ फसलका सामग्री बजारमा आएको उनको भनाई छ । सोही कारण केही वस्तुको मूल्यमा वृद्धि भएको हो । ओखर र नरिवललगायतका सामग्रीमा प्रतिकिलो १०० देखि १५० रुपैयाँसम्म मूल्य वृद्धि भएको उनले जानकारी दिए। उनका अनुसार मूल्य बढेका कारण उपभोक्ताको खरिद क्षमतामा प्रभाव परेको छ । पहिले एक किलो भाइमसला किन्ने ग्राहकले आधा किलो तथा आधा किलो किन्ने ग्राहकले २०० ग्राम वा १०० ग्राम मात्रै खरिद गर्ने गरेको उनले बताए । 

उनले भने, ‘यसपालि भाइ मसलाको मूल्य बढेको छ । अहिले नयाँ फसल आएको छ, पोहोर साल तिहार १०-१५ दिन अगाडि थियो । यसपालि तिहार १०-१५ दिन पछाडि पर्‍यो, त्यसले गर्दाखेरि नयाँ फसलको सामान आएको छ । केही सामानमा भाउ धेरै नै बढेको छ, केहीमा भने खासै बढेको छैन । पोहोर साल भन्दा पिस्तामा मूल्य अलि बढेको छ, बदाममा बढेको छ । नरिबल, ओखरमा एक/डेढ सय रुपैयाँ किलो बढेको छ, त्यो त स्वाभाविक कुरा हो । ग्राहकहरूले यसपालि भाउ बढेको हुनाले एफोर्ड गर्न सकेन । १ किलो मसाला लिने मान्छेले आधा किलो, आधा किलो ग्राहकले २०० ग्राम, १०० ग्राम भए पनि लगेर काम चलाइरहेको छ । सबैलाई चाहिने, भाइतिहारमा भाइहरूलाई पूजा गर्ने, मसला दिने पहिलेदेखि पुरानो चलन चलिआएको हो । त्यो भएको हुनाले अब व्यापार त ठीकठीकै छ भन्नुपर्छ, त्यस्तो कुनै नराम्रो पनि भन्न मिल्दैन । तर मान्छेहरूले प्राइसको कारण एफोर्ड गर्न नसकेर खपत कम भएको छ । काम चलाउका लागी मात्रै लगिरहेका छन् ।’

तिहारको भाईटीकामा दाजुभाइलाई भाइमसला दिने परम्परा लामो समयदेखि चल्दै आएको छ । मूल्य वृद्धिका कारण खपतमा केही कमी देखिए पनि व्यापार सन्तोषजनक रहेको उनको भनाई छ ।

ढाकाटोपीको विक्री भने उत्साहजनक
यस्तै, तिहारमा ढाकाटोपीको विक्री भने उत्साहजनक रहेको व्यवसायीहरूको भनाई छ । तिहारमा दाजुभाईलाई ढाका टोपी लगाइदिएर टीका लगाउने परम्परा रहेको छ । तिहारको लागि टोपीको माग उल्लेख्य रहेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार सामान्य समयको तुलनामा तिहारमा ढाकाटोपीको विक्री दुईदेखि तीन गुणासम्म बढेको छ । 

ग्राहकको मागलाई ध्यानमा राख्दै व्यवसायीहरूले विभिन्न डिजाइन र गुणस्तरका ढाका टोपी पर्याप्त मात्रामा मौज्दात राखेको बताएका छन् । 

तिहारमा दिदिबहिनीले दाजुभाईलाई टीका लगाएर भाईमसला, ढाका टोपी, मिठाई लगायत उपहारका रूपमा दिने परम्परा रहेको छ । 

0 Comments