२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै, केन्द्रीय विभागहरूले पूर्णता पाउने सम्भावना

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्न लागेको हो ।

आजेको बैठकमा केन्द्रीय भिागहरुको पूर्णता, विधान महाधिवेशन र साङ्गठनिक गतिविधिलगायतका विषयमा छलफल हुनेछ । आजको बैठकबाट केन्द्रीय विभागहरूले पूर्णता पाउने सम्भावना छ ।

नेपाल समूहबाहेककै केन्द्रीय विभागलाई पूर्णता दिने तयारी आजको बैठकको रहेको छ ।

आइतबार पनि स्थायी कमिटी बैठक बोलाइएको थियो । उक्त बैठकले आउँदो असोज ९ सम्म देशभरका सबै पालिकास्तरको अधिवेशन गरिसक्ने निर्णय गरेको थियो । असोज पहिलो साता सबै वडाहरूमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो ।

यस्तै बैठकले काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा विधान महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न कार्यदल गठन गरेको छ ।

यसैगरी महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सङ्गठनात्मक मस्यौदाको प्रस्ताव तयार गर्न कार्यदल गठन गरेको छ भने सङ्गठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा विधान मस्यौदा कार्यदल गठन गरिएको छ ।

विधान अधिवेशन व्यवस्थापन कार्यदल रामबहादुर थापाको संयोजकत्वमा गठन गरिएको छ ।

यही साउन २४ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ ।