१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ ।

कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान आधुनिक सडक बत्ती जडान गर्न लागेको हो । यस कार्यका लागि अहिले बोलपत्र आह्वान गरी बत्ती जडान गर्ने कम्पनी छनोट गरिसकेको कामपा पूर्वाधार विकास विभाग प्रमुख राम थापाले जानकारी दिए ।

‘अबको केही दिनमा जडान कार्य सुरु हुन्छ, आगामी दशैँलाई लक्षित गरी काम अघि बढाइएको छ’, प्रमुख थापाले भने । धुलो र हिलोरहित काठमाडौँ बनाउने अभियानमा यसअघि देखि नै सक्रिय रहेको भन्दै कामपाको पहलमा उज्यालो काठमाडौँ महानगर बनाउने अभियानलाई सफल बनाउन लागिएको उनले भने ।

यस आयोजनाको निर्माण कार्यपश्चात् मर्मत गर्नुपर्ने सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्नेछ । सुरुमा बत्ती जडान कार्य अन्तर्राष्ट्रिय विमानस्थल, तीनकुने, बानेश्वर र कलङ्कीमा गरिनेछ । त्यसै गरी त्रिपुरेश्वरदेखि लैनचौर हुँदै महाराजगन्जसम्म बत्ती जडान गरिनेछ । गौशाला–चाबहिल बौद्ध हुँदै अन्य मुख्य सडक छेउछाउमा उक्त कार्य सम्पन्न गर्ने कामपाको तयारी रहेको छ ।

बत्ती जडान कार्य सम्पन्न भएसँगै रातको समयमा हुने विभिन्न किसिमका आपराधिक घटना नियन्त्रणका लागि ठुलो सहयोग पुग्ने कामपाले विश्वास लिएको छ । हाल कामपाको मुख्य सडक कालीमाटी, त्रिपुरेश्वर, कलङ्की, बालाजुलगायतका स्थानमा कहीँ बत्ती नै छैन भने भएका केही स्थानमा पनि पर्याप्त रूपमा सडक बत्ती नहुँदा सडक दुर्घटना र अपराधका घटनाहरु घटिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस