२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भवन बनाउन प्रदेश सरकारको सहयोग

अ+ अ-

बनियानी । नेपाल पत्रकार महासङ्घ झापा शाखाको भवन निर्माणका लागि प्रदेश नं १ सरकारले ४० लाख प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासङ्घका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए । बिर्तामोडस्थित नयाँ बसपार्कमा रहेको एकतले भवनमा दुई तला थप्ने गरी तत्काल काम अघि बढाइने उनले बताए ।

यसका लागि शाखाका उपाध्यक्ष केशव भट्टराईको संयोजकत्वमा सात सदस्यीय भवन निर्माण समितिसमेत गठन गरिएको छ । प्रदेश सरकारसँग भवन निर्माण सम्झौता गर्न जाने तयारी भइरहेको उनले जानकारी दिए ।

यसैबीच महासङ्घ प्रदेश नं १ कमिटीका कोषाध्यक्ष विमल लामिछानेले शाखाद्वारा प्रकाशित इ–बुलेटिनको मंगलबार सार्वजनिक गरे । महासङ्घले सञ्चालन गरेका गतिविधि समेटेर चौमासिकरूपमा प्रकाशन गर्ने गरी इ–बुलेटिन प्रकाशन थालिएको शाखा अध्यक्ष गिरीले बताए ।

‘महासङ्घको हरेक गतिविधि र कामकारबाहीलाई पारदर्शीरूपमा राख्नका लागि बुलेटिन प्रकाशन सुरु गरिएको हो’, उनले भने, ‘यसलाई महासङ्घको बेवसाइटमा राखिने छ ।’

सो अवसरमा प्रदेश नं १ का पत्रकारलाई १० लाख बराबरको ‘फेलोसिप’, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिइएको थियो । कार्यक्रममा पत्रकार महासङ्घ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, प्रेस युनियनकी अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल, प्रेस सङ्गठन अध्यक्ष झुलन रेग्मी, नारी सञ्चारगृहकी अध्यक्ष भीमा शिवाकोटीलगायतले शाखाले नयाँ कामको सुरुआत गरेकामा धन्यवाद दिए । उनीहरुले कोरोनाका कारण सकसपूर्ण अवस्थामा रहेको सञ्चार क्षेत्रलाई सबल बनाउन र पत्रकारलाई पेशाबाट पलायन हुने अवस्था आउन नदिन महासङ्घ जिल्ला, प्रदेश र केन्द्रले पहलकदमी गर्नुपर्नेमा सुझाव दिए ।