काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल सरकारबाट वैदेशिक अनुदानको रकम स्वीकृति नलिई खर्च गरेको भन्दै महालेखाले बेरुजु जनाएको छ ।
विभागअन्तर्गत राष्ट्रसङ्घीय ओजन कार्यक्रममा खर्च भएको रकमलाई महालेखाको प्रतिवेदनमा बेरुजु देखिएको हो ।
विभागले ओजन कार्यक्रमका लागि २०७४ मा रु ७१ लाख २६ हजार, २०७५ मा रु ५८ लाख ८९ हजार र २०७७ मा रु ५८ लाख ८९ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।







