१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रकेट प्रहारबाट काबुलमा चार बालबालिकासहित ६ जनाको मृत्यु

अ+ अ-

बेइजिङ । अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ ।

तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन् ।

आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ । काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही विदेशी विमानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेका छन् ।

विमानस्थललाई नै लक्षित गरेर सो रकेट आक्रमण गरिएकामा सो रकेट बस्तीतर्फ पर्न गरेको बताइएको छ । पछिल्ला केही दिनमा काबुल विमानस्थलमा विस्फोट हुने गरेको छ ।

हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिम भागतर्फ स्थानीय समयानुसार ४ः५५ सो रकेट प्रहार भएको थियो । एक अमेरिकी ड्रोन शहरमा उडिरहेको देखा परेपछि उक्त हमला भएको प्रत्यक्षदर्शीहरु बताएका छन् ।

गत बिहीबार पनि विमानस्थलका पूर्वी गेटमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिनुका साथै करिब २०० जना घाइते भएका थिए । उडानको पर्खाइमा रहेका ठूलो भीडबीचमा सो आक्रमण भएको थियो ।

अफगानिस्तानमा यही अगस्त १५ तारिखका दिन तालिबान विद्रोहीहरूले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाड्नेक्रम जारी रहेको छ । इस्लामिक स्टेट्स (आइएस) ले जिम्मेवारी लिएको यस आक्रमणमा परी मारिएकाहरु अधिकांश महिला र बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस