२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको शक्ति कम नभएको ओलीकाे दाबी

अ+ अ-

काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले एमालेको भूमिकामात्रै परिवर्तन भएको तर शक्ति कम नभएको दाबी गरेका छन् । उनले एमालेको संगठनमा पनि केही फेरबदल नआएको बताए ।

नेकपा एमाले काठमाडौँले गरेको कार्यक्रममा बिहीबार ओलीले भने, ‘नेकपा एमालेलाई सिध्याउन खोजिएको थियो, तर सचेत कार्यकर्ता पंक्ति जुरुक्कै उठ्यो । र, पार्टी भत्काउन दिँदैनौँ । मास्न दिँदैनौँ भनेर रक्षामा उभियो । र, आज पार्टी ज्युँकात्युँ जस्ताको त्यस्तै खडा हुन सफल भयो । नेकपा एमालेको भूमिका परिवर्तन भयो तर शक्ति परिवर्तन भएको छैन । हाम्रो उद्देश्य परिवर्तन भएको छैन । नीतिहरु परिवर्तन भएको छैन । हाम्रो संगठनमा पनि केही परिवर्तन भएको छैन । दुई चार (नराम्रो नभन्नु है भन्छन् सबैले फेरि) सडेका तत्वहरु, बिग्रेका तत्वहरु पार्टीबाट गएभन्दा गाली गरेको जस्तो हुन्छ । बिग्रन बिग्रन खोजेका भनौँ कि क्या हो ? भयो त्यति । पार्टी जहाँको त्यही छ ।’

अध्यक्ष ओलीले पुष्पकमल दाहाललाई एकीकृत पार्टी, ठूलो पार्टी नपचेको टिप्पणी गरे । उनले नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले एकीकृत पार्टी नै रुचाएकाले अब दाहाल गुटमात्रै अलग भएको बताए ।

ओलीले अगाडि भने, ‘नेकपा माओवादी केन्द्रका त्यो पृष्ठभूमिका साथीहरुको ठूलै हिस्सा एकता तोड्न मानेन, र पार्टीमै रह्यो । पार्टी एकीकरणकै पक्षमा रह्यो । एकीकृत पार्टीकै रुपमा रामबहादुर थापाजी यही हुनुहुन्छ, टोपबहादुर रायमाझीजी, लेखराज भट्टजी लगायतका साथीहरु, यही रहनुभयो । र माओवादी केन्द्र । नाम त छ । तर अब त्यो माओवादी केन्द्र होइन, त्यो प्रचण्ड गुटमात्रै हो । राजनीतिक रुपले त्यो पार्टी यो पार्टीमा मिलिसक्यो । अब माओवादी केन्द्र त्यसले नाम पाउनु बेग्लै कुरा हो, तर प्रचण्ड गुट अलग भएको हो । नेकपा एमाले जस्ताको त्यस्तै छ ।’