२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

अ+ अ-

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन् । उनको संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र क्वाड शिखर सम्मेलनमा भाग लिने कार्यक्रम रहेको छ। साथै मोदीले ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति जो बाइडेनसंग भेटवार्ता गर्नेछन् ।

आगामी सेप्टेम्बर २४ का दिन ह्वाइट हाउसमा प्रधानमन्त्री मोदीको अमेरिकी राष्ट्रपति बाइडेनको भेटवार्ता हुने समाचारमा जनाइएको छ । गत २० जनवरीमा अमेरिकी राष्ट्रपति पद बाइडेन सम्हालेपछि यी दुई नेताबीच पहिलो व्यक्तिगत भेटवार्ता हुन लागेको भारतीय विदेश सचिव हर्षवर्धनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री मोदी र राष्ट्रपति बाइडेनबीच कट्टरपन्थीलाई रोक्न र आतंकवादसंग लड्नका उपायहरुबारे छलफल हुने अपेक्षा गरिएको छ । उनीहरुबीच रक्षा, व्यापार सम्बन्ध, सुरक्षा सहयोग र स्वच्छ ऊर्जा साझेदारीलाई अझै बीच बलियो बनाउने उपायहरुका बारेमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रधान मन्त्री मोदी र बाइडेनबीच अफगानिस्तानको हालको घटनाक्रमपछिको वर्तमान र क्षेत्रीय सुरक्षा स्थिति बारे छलफल हुने बताइएको छ । प्रधानमन्त्री मोदीकोे सेप्टेम्बर २२-२५ सम्मको अमेरिका भ्रमणको क्रममा व्यापारिक अन्तरक्रिया पनि गर्नेछन् । प्रधानमन्त्री मोदी शुक्रबार अमेरिकी राष्ट्रपतिद्वारा आयोजित क्वाडको शिखर सम्मेलनमा भाग लिनु हुने छ । यस सम्मेलनमा जापानका प्रधानमन्त्री योशिहिदे सुगा र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री मोदीले सेप्टेम्बर २५ मा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघ महासभा (युएनजीए) को ७६ औं सत्रको सम्बोधन गर्नेछन् ।