२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेकसाइडमा ‘अपरेसन सभ्यता’: तीन दिनमा ४४ जना कारवाहीमा

अ अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’अन्तर्गत गत बुधबारदेखि शुक्रबारसम्ममा अवैध गतिविधिमा संलग्न ४४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।   

मादक पदार्थ सेवन गरी झैझगडा गर्ने २८, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने छ, प्रहरीसँग झैझगडा र वादविवाद गर्ने पाँच, हतियार लिई हिँड्ने दुई, महिला तथा बालबालिकामाथि दुर्व्यवहार गर्ने दुई र झण्डीबुर्जा खेलाउने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रामजी देवकोटाका अनुसार सोही अवधिमा ८१ वटा सवारीसाधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ । तीमध्ये ५७ जना सवारीसाधनका चालकलाई मादक पदार्थ सेवन गरेको अवस्थामा र एक जना सवारी चालकलाई अन्य ट्राफिक कारबाही गरिएको उनले जानकारी दिए। 

तेइस वटा सवारीसाधनलाई वडा प्रहरी कार्यालय, बैदाममा राखी थप अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइएको हो । पोखरा महानगरपालिका-६ स्थित लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि प्रहरीले यही कात्तिक १८ गतेदेखि ‘अपरेसन सभ्यता’ सुरु गरेको थियो । 

उक्त अपरेसनअन्तर्गत हालसम्म १४० जना व्यक्ति र २९३ वटा सवारीसाधनलाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुर्व्यवहार गर्नेजस्ता अनैतिक तथा अवाञ्छित गतिविधिका कारण लेकसाइड क्षेत्रको पर्यटकीय छविमा आँच पुगेको र शान्तिसुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि विशेष प्रहरी अपरेसन ‘अपरेसन सभ्यता’ सुरु गरिएको हो । 

0 Comments