२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेची राजमार्ग अन्तर्गत इलाम धोबिधाराखण्ड अवरुद्ध

अ+ अ-

मङ्गलबारे । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ ।

शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुन सकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार गर्न नसकिने भएपछि डाइभर्सन गरी सवारी पास गराइने भएको हो । भत्किएको सडक चाँडो सञ्चालन गर्न/गराउन सडक डिभिजन कार्यालय इलामलाई अनुरोध गरिएको इलाम नगरपालिकाले जनाएको छ ।

भानुपथबाट चोकबजारतर्फ आउने साना गाडीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक ग्रिनभ्याली हुँदै राजमार्ग पठाउने र भानुपथबाट चोकबजार्रतर्फ आउने साना सवारीलाई एकतर्फी सवारी नियम लगाई शान्तिचोक मालापथ आदर्श मावि हुँदै राजमार्ग पठाइने भएको छ ।

त्यस्तै धोवीधारातर्फबाट इलाम बजार आउने साना सवारीलाई नेपाल बैङ्कको मोडबाट वन कार्यालय, चियाबारी क्याम्पस हुँदै टुँडिखेलतर्फ पठाउने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए।

उनका अनुसार धोवीधारातर्फबाट इलामबजार ट्याक्सीस्टेण्ड आउने साना भ्यानलाई नेपाल बैङ्कको मोडबाट वन कार्यालय, चियाबारी डाँफे गेस्टहाउस, ग्रिनभ्यू गेस्टहाउस नवीनचोक हुँदै ट्याक्सीस्टेण्डमा पठाइने नगरपालिकाले जनाएको छ ।

यस्तै हेभी गाडीलाई राजमार्ग सञ्चालन नहुन्जेलसम्म उल्लेखित बाटोमा परिचालन गर्न रोक्ने र अन्य हेभी सवारीलाई सम्भव भएसम्म रातको समयमा महानन्दचोकबाट इलामबजार हुँदै धोवीधारासम्मको बाटो प्रयोग गर्न ट्राफिक प्रहरीमार्फत फिक्कल, बिर्तामोड, फिदिम ताप्लेजुङसम्मका हेभी सवारी चालकलाई अनुरोध गरिने छ ।

पहिराले सडक भत्किएपछि इलाम बजार क्षेत्रका केही घरसमेत जोखिममा परेका छन् ।