११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीमा चाडपर्वलक्षित विशेष सुरक्षा योजना, सबै जिल्लामा कमान्ड सेन्टर

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका सबै जिल्लामा कमान्ड सेन्टर स्थापना गर्ने तयारी गरेको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार विजयादशमी, दिपावली तथा छठ लगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

प्रभावकारी रुपमा योजनाबद्ध रुपमा सुरक्षा व्यवस्था मिलाउन ४ हजार ३५१ प्रहरी जनशक्ति खटाइएको जनाइएको छ ।

सीमानाका तथा आपराधिक गतिविधि हुन सक्ने संवेदनशील स्थानहरुमा भ्यानसहितको चेकिङको व्यवस्था मिलाइएको छ भने सडक सुशासन÷ सार्वजनिक यातायात साधनहरुको सहज आवागमन र दुर्घटना न्यूनीकरण गर्ने, सिसिटिभी क्यामेरा, लाइडर स्पीड राडर गनलगायतका प्रविधीहरुको प्रयोग गर्ने प्रहरीले जनाएको छ ।

‘खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरुको कृतिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्ति व्यवस्था गर्ने, पकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रण गर्ने, सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुहरु ठगिन नदिने र सामान झोला छुटि हराउन गएमा खोजतलास गर्ने गराउने, बैङ्क, वित्तीय सङ्घसंस्था तथा आर्थिक कारोबार बढी हुने स्थानहरूको सुरक्षा व्यवस्था मिलाउने भएका छौँ,’ प्रदेश प्रहरी कार्यालयका डीआईजी गणेशबहादुर ऐरले योजना सुनाउँदै भने ।

चाडपर्वको बहानामा हुन सक्ने चोरी तस्करी, लागूऔषध ओसारपसारको नियन्त्रणका लागि प्रहरी चनाखो रहेको डीआईजी ऐरले जनाए । त्यस्तै चाडपर्वमा जुवातासलगायतका वर्जित गतिविधि, तिहारमा पटाकालगायत विस्फोटक पदार्थको आयात तथा प्रयोगमा पनि प्रहरीले कडाइ गर्ने भएको छ ।

उनका अनुसार प्रहरीले १४४ ओटा क्यूआरटी (क्वीक रेस्पोन्स टिम) परिचालन गर्ने, प्रदेशका १२९ स्थानमा नियमित चेक प्वाइन्ट राख्ने, ट्राफिकसहितको संयुक्त चेकिङ–४६ स्थानमा गर्ने योजना बनाएको छ ।

सीमा नाकाहरुमा चोरी तस्करी नियन्त्रण गर्न मुख्य ३ सहित ९ स्थान, झैँ–झगडा, जुवा–तास, चोरी लुटपाट, मापसे नियन्त्रण–७० स्थानमा, पिकेट राजमार्गमा स्कर्टिङ मोबाइल गस्ती, पैदल गस्ती–३८७ स्थानमा, यात्रु सहायता कक्ष ३८ स्थानमा रहने गरी सुरक्षा व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस