९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यास नगरपालिकामा अब घर नक्शाको काम अनलाइनबाटै

अ+ अ-

दमौली । व्यास नगरपालिकाले घरनक्शा पासको सम्पूर्णकाम अनलाइनबाट गर्न सुरुआत गरेको छ । यसका लागि नगरपालिकाले अनलाइनमा आधारित सफ्टवेयर निर्माण गरेको छ ।

घरनक्शा शाखा प्रमुख इञ्जिनीयर अमृत केसीका अनुसार भूकम्पप्रविधि राष्ट्रिय समाज नेपाल ९एनसेट०ले घरनक्शा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको थियो । नगरपालिकाले विसं २०४९देखि घरनक्शा पासको काम गर्दै आएकामा पहिलो पटकदेखि अनलाइनबाट शुभारम्भ गरेको उनले बताए ।

‘एक वर्षसम्म डिजिटल र हार्डकपी दुवैबाट काम गर्छौ र त्यसपछि सम्पूर्ण काम अनलाइनबाट मात्र हुन्छ,’ उनले भने, ‘त्यसबीचमा सबै तथ्याङ्क डिजिटलीकरण गर्छौ।’ उनका अनुसार व्यास नगरपालिकाभित्र आठ हजार ५०० घर नक्शापास गरेर निर्माण गरिएको छ ।

नगरपालिकामा प्रत्येक वर्ष सातको सङ्ख्यामा भवन निर्माण भइरहेका छन् । घरधनी भवन निर्माण गर्न अनुमति प्रक्रियाका लागि पटक(पटक नगरपालिकाको कार्यालयमा जानुपर्ने बाध्यताको अन्त्य गर्न अनलाइनबाटै अनुमति प्रक्रियाको काम शुभारम्भ गरिएको नगरपालिकाका वरिष्ठ इञ्जिनीयर रवीन्द्रलाल मूलले जानकारी दिए।

‘अहिलेसम्म यहाँ निर्माण गरिएको भवनको डिजिटल डाटावेशको कुनै संयन्त्र छैन, अर्कोतर्फ भवन निर्माणको अनुगमन र भविष्यको योजनाका लागि भवनको तथ्याङ्क राख्ने व्यवस्था भएको छैन,’ उनले भने।

नगरपालिकाका लागि प्रभावकारी र सहजरुपमा नक्शा पास प्रक्रिया प्रणालीको विकास गर्न जरुरी देखिएकाले घरनक्शाको माध्यमद्वारा घरधनीलाई सहज प्रणाली, ग्राहक सेवा वृद्धि र भवन निर्माणको तथ्याङ्क सुरक्षित भण्डारणको अवधारणा ल्याइएको हो।

अनलाइनबाट भवन निर्माण अनुमति आवेदनको व्यवस्थापन, नक्सापास प्रक्रिया कागजातहरुको सहज भण्डारण, नक्सापास प्रक्रियाको सहज अनुगमन, भवन संहिता तथा भवन मापदण्डमा भएका प्रावधानहरुको अनुपालन जाँचमा सहजता आउने विश्वास लिइएको छ। व्यास डट घरनक्सा नेपाल डटकमबाट यसको सेवा लिन सकिन्छ ।

समाज नेपालका इन्जिनियर सन्तोष खड्काका अनुसार अनलाइनबाट घरधनीले नक्सापासको प्रक्रियाका बारेमा सहजै जानकारी पाउनेछन्। ‘घरधनीले आफ्नो कामको प्रगति कहाँसम्म पुगेको छ भन्ने बारेमा पनि यही अनलाइनबाट जानकारी लिन सक्छन्,’ उनले भने, ‘सम्बन्धित व्यक्तिको विवरण हालेपछि समग्र जानकारी आउँछ।’

घरनक्साको अनलाइन सेवाको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले लामो प्रक्रियाका कारण सेवाग्राहीले सास्ती भोग्दै आएकामा अब अनलाइनबाट काम हुने भएपछि सहज रुपमा सेवा लिन पाउने बताए।

व्यास नगरपालिकाले राजश्व संकलनको काम पनि अब अनलाइनबाट गर्नुपर्नेमा उनले सुझाव दिए । नगर प्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहीमैत्री नगरपालिका बनाउने सोचका साथ घरनक्साको काम अनलाइनबाट शुरु गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस