९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

अ+ अ-

काठमाडौँ । चीनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको छ । उत्तरी शहर तियानजिङमा पहिलो संक्रमित फेला परेका हुन् ।

विदेशबाट आएका एक व्यक्तिमा डिसेम्बर ९ गते ओमिक्रोन पुष्टि भएको चिनियाँ अधिकारीले बताएका छन् । हाल क्वारेन्टाइनमा राखेर संक्रमित व्यक्तिको उपचार भइरहेको छ ।

पूर्वी प्रान्त झेजियाङमा पछिल्ला हप्ता डेल्टा भेरियन्टका संक्रमित बढिरहेको देखिन्छ । डेल्टा भेरियन्टको बढ्दो संक्रमणसँगै ओमिक्रोन भेटिएपछि कोभिड संक्रमण शून्यमा झार्ने चिनियाँ रणनीतिसामु ठूलो चुनौती खडा हुन सक्ने बताइएको छ ।

पहिलो पटक दक्षिण कोरियामा पहिचान गरिएको ओमिक्रोन चीनसहित हालसम्म ६० भन्दा मुलुकमा फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले ‘चिन्ताजनक भेरियन्ट’ भनिसकेको ओमिक्रोनबाट बेलायतमा एकजनाको मृत्यु भएको छ ।

यसैबीच, डब्ल्यूएचओले ओमिक्रोन भेरियन्टले उच्च जोखिम सिर्जना गरेको बताएको छ । यो भेरियन्ट भेरियन्टले विश्वभर जोखिम निम्त्याउन सक्ने र केही प्रमाण हेर्दा खोपको प्रभावकारिता छल्न सक्ने देखिएको डब्ल्यूएचओको भनाइ छ ।

ओमिक्रोन कति संक्रामक छ, यसले संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउँछ वा पुर्‍याउँदैन र खोपले काम गर्ने वा नगर्नेबारे अझै पूर्ण विवरण आइसकेको छैन । तर प्रारम्भिक प्रमाणले डेल्टाभन्दा कम संक्रामक देखिएको, यसका लक्षण सामान्य रहेको र खोपको बुस्टर डोजले काम गर्न सक्ने देखाउँछन् ।

प्रतिक्रिया दिनुहोस