९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्ताको तयारी

अ+ अ-

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियान पुस १० गते शनिबारदेखि ४५०औँ हप्तामा प्रवेश गर्दै छ ।

महाअभियानले ४५० औँ हप्ताको विशेष कार्यक्रममा उपस्थित भएर सफाइमा सहभागी हुन आह्वान गरेको छ । सो अवसरमा पुस १० र १७ गते बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित विशेष कार्यक्रमको आयोजना गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार निरन्तर भइरहेको छ । महाअभियान सुरु भएपछि वाग्मतीका विभिन्न खण्डका साथै रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, लतिलपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ अभियान चलिरहेको छ ।

वाग्मती सफाइ महाअभियानको प्रेरणाले यी सफाइ अभियान सुरु भएका हुन् । हाल काठमाडौँ उपत्यकाका २५ स्थानमा स्वयंसेवी अभियानका रुपमा सफाइ भइरहेको छ ।

काठमाडौँ उपत्यका बाहिरका मुख्य सहर, नदी एवं सांस्कृतिक सम्पदा स्थलमा पनि वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर सफाइ भइरहेको छ । नागरिक स्तरबाट सुरु भएको यो अभियानलाई स्थानीय सरकारले भने महत्त्व नदिएको भन्दै अभियानकर्मीले आलोचना गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस