२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग

अ+ अ-

रत्ननगर । नेपाललाई हिन्दु राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् ।

चितवनको भरतपुरमा हिजो (बुधबार) आयोजित विश्व हिन्दु महासङ्घको धर्म सभामा सहभागी वक्ताले नेपाललाई जबरजस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै धार्मिक आन्दोलन गर्नुपर्ने बताएका हुन् ।

महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले हिन्दु राष्ट्रका लागि चितवनबाटै धार्मिक आन्दोलन सुरु गर्नुपर्ने बताए । ‘हरेराम हरेकृष्ण भजनबाट अब हाम्रो आन्दोलन अगाडि बढ्नुपर्छ’ उनले भने, ‘यो आन्दोलन चितवनबाट सुरु गरेर मेची–महाकाली हल्लाउनुपर्छ ।’

मुलुकलाई हिन्दु राज्य बनाउन अब सशक्त आन्दोलन गर्नुपर्ने भन्दै अध्यक्ष अधिकारीले सबै ओमकार परिवारलाई एक बनाएर धार्मिक एकता र पहिचानका लागि अगाडि बढ्नुपर्नेमा जोड दिए ।

महासङ्घमा विवाद नभएको र केन्द्रीय समिति एउटै बनेको छ तर महासङ्घको अन्तर्राष्ट्रिय समितिमा देखिएको विवाद समाधानको बाटोमा अगाडि बढिसकेको छ छ भन्दै उनले यहाँ हिन्दुहरूलाई लडाउँदै फुटाउने खेल भएको गुनासो गरे ।

‘हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ, ओम र राष्ट्रिय झन्डामा राष्ट्रमात्रै हुन्छ’, अध्यक्ष अधिकारीले भने, ‘धर्म जोगाउन सन्देश दिँदै हिन्दु राष्ट्र ल्याउने सङ्कल्पका साथ अगाडि बढे मात्र हिन्दु राज्य फिर्ता ल्याउन सकिन्छ ।’

महासङ्घका महासचिव गणेशप्रसाद न्यौपानेले धर्मको संरक्षणका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याए । ‘दलहरुको स्वार्थका लागि हिन्दु राज्यबाट नेपाललाई हटाइयो’, उनले भने, ‘हाम्रो एकता मजबुत छ, हाम्रो एकतालाई कसैले भाँड्न खोज्छ भने त्यो सैह्य हुँदैन ।’ वैदिक सनातन धर्मभित्र सबै धर्मलाई समान व्यवहार हुने भएकाले पनि नेपाल हिन्दु राज्य हुनुपर्नेमा महासचिव न्यौपानेले जोड दिए ।

.महासङ्घका सचिव नेत्रनाथ पौडेलले सबै ओमकार परिवारका सदस्य मिलेर नेपाललाई हिन्दु राष्ट्र बनाउन पहल गर्नुपर्ने बताए । ‘अब निर्वाचन आउँदै छ, हामीले राजनीतिक दल नहेरौँ जसले हिन्दु धर्मका बारेमा आवाज उठाउँछ त्यसैलाई मतदान गरेर हिन्दु राज्य बनाउन पहल गरौँ’, सचिव पौडेलले भने, “सबै ओमकार परिवारका सदस्यको पहलमा नेपाललाई हिन्दु राज्य बनाउन सकिन्छ ।’

सबै धार्मिक क्षेत्रमा मांसमदिरा निषेध गर्न सकेमा हिन्दु धर्मको गरिमा बढ्नमा उनले जोड दिँदै नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि चितवनबाट आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको र यसमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए ।