२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने

अ+ अ-

काठमाडौँ । आगामी बिहीबारदेखि हवाई यात्राको लागि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेश गर्न प्रिन्ट गरिएको टिकट वा डिजिटल टिकट आवश्यक पर्ने भएको छ । एसएमएसमा प्राप्त भएको पीएनआर नम्बर भएको टिकट मात्रै देखाएर भने टर्मिनलभित्र प्रवेश पाइने छैन ।

हिजो (सोमबार) त्रिभुवन विमानस्थल प्रशासन, सुरक्षा निकाय तथा विमान कम्पनीबीच भएको बैठकले एसएमएसमा प्राप्त हुने टिकटको पीएनआर नम्बरका आधार टर्मिनल प्रवेश नदिने निर्णय गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन् ।

प्रिन्टेड वा प्रिन्टेडमा हुने सबै विवरण भएको डिजिटल टिकट भए प्रवेशमा समस्या हुँदैन, उनले भने, पीएनआर नम्बर मात्रैको आधारमा भने अब प्रवेश गर्न पाइँदैन । विभिन्न डिजिटल वालेट वा मोबाइल बैङ्किङबाट टिकट खरिद गरेको भए त्यसको पीडीएफ चाहियो ।

प्रवक्ता सिटौलाले आगामी बिहीबारदेखि मात्रै यो नियम लागू हुने जानकारी दिए पनि सुरक्षामा खटिएका प्रहरीले भने आज (मंगलबार)बाटै प्रिन्ट गरिएको टिकट वा यात्राको सम्पूर्ण विवरण उल्लेख भएको डिजिटल टिकट नभएका यात्रुलाई टर्मिनल प्रवेशमा रोक लगाउन थालेको छ ।

प्रवक्ता सिटौलाका अनुसार सोमबारको बैठकले यस्तो निर्णय गरे पनि समयमा नै सूचना जारी नभएकाले मंगलबार केही समस्या देखिएको हो । त्यसैले अब विमानस्थलले सूचना जारी गरेर बिहीबारदेखि पूर्णरुपमा लागू गर्ने उनले बताए । उनका अनुसार काठमाडौँ बाहिरका विमानस्थलमा भने यो नियम लागू गरिएको छैन ।

प्रवक्ता अनुसार मोबाइलको एसएमएसमा प्राप्त भएको पुरानो पीएनआर पनि देखाउँदै टर्मिनलभित्र अनावश्यक मानिसहरु पनि प्रवेश गर्ने गरेको पाइए पछि विमानस्थलको सुरक्षाको जिम्मेवारी पाएको नेपाल प्रहरीले सो व्यवस्था हटाउन आग्रह गरेको हो । पीएनआर मात्रै देखाएर बोर्डिङ पास लिन लाइन लाग्न जाने मानिस पनि भेटिए, उनले भने, यस्तै कसैलाई छोड्न विमानस्थल गएकाहरु पनि पीएनआर मात्रै देखाएर छिर्ने गरेका छन् । त्यस्तो नहोस् भनेर यो निर्णय गरिएको हो ।

मंगलबारदेखि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलभित्र प्रवेश गर्न डिजिटल टिकटलाई मान्यता नदिइने र प्रिन्ट गरिएकै टिकट आवश्यक पर्ने भन्दै वायुसेवा कम्पनीहरुले पनि सूचना जारी गरिसकेका छन् ।

वायुसेवा कम्पनीहरुले यस्तो सूचना जारी गरेपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ ।

यस विषयमा थप निर्णय गर्न अहिले विमानस्थल सुरक्षा कमिटीको पनि बैठक बसिरहेको जानकारी पनि प्राप्त भएको छ ।