२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमसीसीबाट पछि हट्दैनौँ : प्रवक्ता महत

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट पछि नहट्ने बताएका छन् ।

आज (सोमबार) काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि नहट्ने बताएका हुन् ।

गठबन्धन दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उनको भनाइ छ । एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको पनि उनको भनाइ छ । यो कसरी राष्ट्रघाती र राष्ट्र विरोधी भयो ? सेना आउँछ भनेको छ, काम छैन अमेरिकाको ? किन आउँछ, यो अचम्म छ । यो नेपालको इतिहासमा यस्तो झुटो र नियोजित प्रचार कहिल्यै भएको थिएन, प्रवक्ता महतले भने ।

देशभर घुमेर पनि एमसीसीको पक्षमा माहोल बनाउ सम्भव नभएको उल्लेख गर्दै उनले भने, धेरै पटक भन्यो भने झुटो पनि सत्य हुँदो रैछ । साँचो पनि झुटो हुँदो रहेछ । हाम्रो मागअनुसार परियोजना आएको हो , हामीले निवेदन दिएको हो । त्यतिबेला माओवादीबाट बाबुराम भट्टराई प्रधानमन्त्री हुनुहुन्थ्यो, नारायणकाजी परराष्ट्रमन्त्री । अहिले विरोध गर्नेहरू मन्त्री भएर अनुमोदन गर्ने अर्थात् २०१२ देखि २०१७ सम्म सबै दल र नेताहरूको प्रयासमा टुङ्गो लागेको हो ।

त्यस्तै प्रवक्ता शर्माले चीनले भनेजस्तो कतैबाट एमसीसी परियोजनाका लागि दबाब नआएको बताए । उनले अगाडि भने, हामीलाई कसैको दबाब आएको छैन। अमेरिकी सरकारबाट तपाईँहरूले नै मागेको परियोजना हो, हामीले त्यहीअनुसार सहयोग गर्न खोजेका हौँ भन्ने भएको हो। त्यो अस्वाभाविक हैन। उहाँहरूले त्यति भन्नु दबाब हैन। दायित्व नै हो। हामीले यसलाई दबाबका रुपमा लिएका छैनौँ। चीनले भनेको जस्तो हामीलाई कुनै दबाब छैन। हामी कसैको दबाबमा पर्दैनौ। यो हाम्रो सार्वभौम संसद्को विषय हो। यसलाई हामी आफै निर्णयमा पुर्‍याउन सक्छौँ।

एमसीसी सम्झौता संसद्‍बाट पास गर्न प्रमुख प्रतिपक्षी दल एमालेले समेत सहयोग गर्ने विश्वास रहेको प्रवक्ता महतले बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‍बाट अनुमोदन गराउनका लागि सबैसँग सरसल्लाह गरिरहेको पनि उनको भनाइ छ । ओलीजीले एमसीसी स‌सद्‍मा दर्ता गर्नुभएको थियो । उहाँले नै टुङ्गोमा पुर्‍याउनु हुन्छ भन्ने थियो । तर सक्नुभएन । अब हामीले संसद्‍मा पुर्‍याएका छौँ। सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ। उहाँले आफैले दर्ता गरेको विधेयकमा सहयोग नगरेर विकल्प पनि छैन, प्रवक्ता महतले भने ।