२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र राजनीतिलाई सँगै लैजानुपर्छ : वरिष्ठ नेता पौडेल

अ+ अ-

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकास र राजनीतिलाई सँगै लैजानुपर्ने बताएका छन् ।

तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा आज आयोजित कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले विकासलाई केवल नारामा सीमित नगरी राजनीतिसँग जोडेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

‘राजनीति र विकाससँगै लैजान सके मात्र जनताको समस्या समाधान गर्न सकिन्छ, जनताको सेवा गर्नका लागि नै हामीले राजनीति गरेका हौँ’, पौडेलले भने । उनले जनताको हरेक समस्या समाधानका लागि जनप्रतिनिधि सदैव प्रतिबद्ध हुनुपर्ने बताए ।

चौतर्फी विकास अहिलेको आवश्यकता रहेको बताउँदै पौडेलले विकासका लागि इच्छाशक्ति र समर्पण आवश्यक रहेको औल्याए । ‘जनप्रतिनिधिमा विकास दृष्टि चाहिन्छ, म पनि पहिल्यैदेखि विकासका लागि परेको छु र सदैव लागिरहनेछु’, उनले भने ।

सो अवसरमा वरिष्ठ नेता पौडेलले नेपालको विकासका लागि एमसिसी आवश्यक रहेकाले यसलाई पारित गर्नुपर्ने बताए। एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

वरिष्ठ नेता पौडेलले आज नै व्यास नगरपालिकास्थित कालिकामार्गसमेतको अवलोकन गरेका छन् । बुधबार गृह जिल्ला पुगेका वरिष्ठ नेता पौडेलले बिहीबार व्यास नगरपालिका–७ कलेस्ती, गजौडे, वृता, भानुको टुहुरेपसल र रम्घाटार, महन्ते हटिया, देउरालीटारमा कार्यकर्ता भेटघाट गरेका छन् ।