२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘मेयर्स रिसर्च फेलोसिप शोध ग्रन्थ’ सार्वजनिक गरेको छ ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्कीसहितको सहभागितामा उक्त शोध ग्रन्ध सार्वजनिक गरिएको हो ।

आर्थिक वर्ष २०७७÷७८ मा छनोट भएका विषयमा अनुसन्धानकर्ताबाट प्राप्त प्रतिवेदनलाई समेटेर सहरी योजना आयोगले शोध ग्रन्थ तयार पारेको थियो । सहरी योजना आयोगले २०७७ असोज ३० गते विभिन्न १० विधामा छनोट भएका १० युवासँग ‘मेयर्स रिसर्च फेलोसिप’ का लागि सम्झौता गरेको थियो ।

कामपाले नीति–निर्माण तहमै अनुसन्धानको संस्कृति बसाल्ने र त्यसलाई कार्यान्वयन तहमा लैजाने उद्देश्यसहित ‘मेयर्स रिसर्च फेलोसिप’ कार्यक्रम सञ्चालन गरेको हो ।

अनुसन्धानको पहिलो चरणमा अध्ययन गरिएका विषयमा ‘कामपा क्षेत्रभित्र रहेका विद्यालयमा रोगसम्बन्धी जोखिम र स्वस्थ जीवनशैलीसम्बन्धी नीति अध्ययन, पैदलयात्रीका कारण स्थानीय अर्थतन्त्र र जीविकामा परेको प्रभाव काठमाडौँको ठमेल क्षेत्रको अध्ययन, काठमाडौँ उपत्यकाभित्र दिगो जोखिम न्यूनीकरण गर्नका लागि पूर्वाधार नक्साङ्कनसम्बन्धी अध्ययन, काठमाडौँ उपत्यकाभित्रको वायु गुणस्तर र वायु प्रदूषण संयन्त्रसम्बन्धी विश्लेषण अध्ययन र काठमाडौँका सामुदायिक विद्यालयका शिक्षिकाको अवस्था छन् ।

त्यस्तै विश्व जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि काठमाडौँ उपत्यका रिङरोड क्षेत्रको बायोमास र कार्बन स्टक सम्भाव्यता वृक्षरोपणसम्बन्धी अध्ययन, कामपाका ज्येष्ठ नागरिकको जीवनको गुणस्तरसम्बन्धी कानुन, नीति र प्रमाणसम्बन्धी अध्ययन, कामपाको नवीन परिवर्तन हबको रुपमा विकास गर्न स्टेम शिक्षाको आवश्यकतासम्बन्धी अध्ययन, कामपा क्षेत्रभित्र नेवार समुदायमा रहेको गरिबी र सम्भावित निवारणका पद्धतिसम्बन्धी विषय छन् ।

कामपा सहरी विकास व्यवस्थापन (योजना तर्जुमादेखि कार्यान्वयनसम्म)मा सञ्चारको भूमिका र प्रभावकारिता अभिवृद्धिसम्बन्धी अनुसन्धान समेटिएको छ ।

प्रतिवेदनले आगामी निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई विकासको आवश्यकता पहिचान गर्न सहज हुने भन्दै कामपाका प्रमुख शाक्यले स्थानीय परिवेश बुझ्न अनुसन्धानकर्ताबाट विकासमा युवा सहभागितालाई उत्साह हुने व्यावहारिक कार्यक्रमको पनि अपेक्षा गरिएको बताए ।