२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिञ्जा गाउँपालिकाका विद्यालयमा खस भाषा पढाई हुने

अ+ अ-

खलङ्गा । जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका विद्यालयमा खस भाषामा पठनपाठन गर्ने भएको छ ।

गाउँपालिकाको नवौँ गाउँसभाले पालिकाभित्रका २२ विद्यालयमा कक्षा १ देखि ३ सम्म खस भाषाको पढाइ प्रारम्भ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता नवीन शर्माले बताए ।

उनले भने, ‘खस भाषा यहाँको पहिचान हो । नेपाली भाषाको केन्द्रविन्दु मानिएको सिञ्जामा खस भाषाको पाठ्यक्रम बनाएर पढाइ प्रारम्भ हुनु सुखद पक्ष हो । अब यहाँको इतिहास बालबालिकाले खस भाषामै पढ्न पाउनेछन ।’

यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटन क्षेत्रको बयान पनि खस भाषामै गर्ने गाउँपालिका प्रवक्ता शर्माले बताए । खस भाषाको पाठ्यक्रम निर्माणले सिञ्जा क्षेत्रका स्थानीयवासी खुसी भएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए ।

अब खस भाषाको पाठ्यक्रम निर्माणले खस भाषाको प्रवद्र्धन गर्ने विश्वास गाउँपालिकाले लिएको छ । नवौँ गाउँसभाले १५ शय्या अस्पताल निर्माणका लागि केन्द्र सरकारलाई आग्रह गर्ने, गाउँपालिकामा कार्यरत बालविकास केन्द्रका सहजकर्ताहरुको रोकिएको तलब निकासा गर्ने र तलब वृद्धि गर्ने निर्णयसमेत गरेको गाउँपालिका अध्यक्ष रावलले बताए ।

स्थानीय सरकार सञ्चालन भएदेखि न्यायिक समितिको माध्यमबाट गाउँमा हुने स–साना विवाद समाधान गर्न सफल भएको गाउँपालिकाका उपाध्यक्ष जन्मकन्य खत्रीले बताए ।

गरिबीको अन्त्य गर्न कृषि उत्पादनको क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवावर्गलाई कृषिमा आकर्षित गर्न र कृषिलाई आधुनिकीकरण गर्दै सहुलियत ऋणको व्यवस्था गर्ने नीति लिएर कार्यान्वयन भइसकेको गाउँपालिकाले जनाएको छ ।