२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासचिव पोखरेल भन्छन् : नेकपादेखि प्रचण्ड–माधवको रमिता कुण्ठा र सत्ता स्वार्थका लागि थियो भन्ने पुष्टि भयो 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरिएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानुन र संविधानले मान्यतासमेत नदिएको विषयमा जनतालाई भ्रमित पारिएको बताए ।

‘व्याख्यात्मक घोषणा गरेर लाज जोगाउने प्रयास भएको छ । जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन । कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’, उनले भने, ‘हाम्रो संविधान र कानुनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन । ’

कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको समेत उनले स्पष्ट पारेका थिए ।

महासचिव पोखरेलले भने, ‘शेरबहादुर देउवाकै नेतृत्वमा माओवादीसहितको सरकारले हस्ताक्षर गरेको थियो उनीहरू मिलेर पारित गरे । जसले सम्झौता गरे उनीहरूले जिम्मा लिए ।’

उनले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए । ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ ’ उनले भने, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ ।’

एमालेसँग प्रधानमन्त्रीले पटक–पटक गरेको छलफल बारे पनि पोखरेलले प्रस्ट्याएका छन् । उनले भने, ‘सत्ता परिवर्तन गर्ने विषयमा छलफल थिएन । हामीले उनीहरूलाई सँगै राखेर यो प्रकरणमा जनतालाई देखाउनु थियो । उनीहरू सत्ता स्वार्थका लागि जो पनि गर्छन् भन्ने देखाउनु थियो त्यो जनताले देखिसकेका छन् ।’

‘एमसीसीलाई पार्टी विभाजनको आधार प्रस्तुत गरेका माधव र प्रचण्डहरू सत्ताको लागि रमिता धेरै देखाउनु भयो उनले भने, । अन्तिममा पारित गर्ने उहाँहरू नै हुनभयो ’ पोखरेलले थपे, ‘नेकपाको अन्तरसंघर्षका मुद्दा निरर्थक थिए । कुण्ठा र सत्ता स्वार्थ थिए भन्ने पुष्टि भएको छ ।’

अर्ति इलेक्सनलाई एमालेले स्वागत गर्ने भन्दै पोखरेलले स्थानीय चुनाव सार्ने शर्नमा भने आफूहरूलाई मान्य नहुने बताए ।