२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नोबेल मेडिकल कलेजका १० जना विद्यार्थी पुन: आन्दोलनमा

अ+ अ-

विराटनगर । नोबेल मेडिकल कलेजको एमबिबिएस प्रथम वर्षका १० विद्यार्थी पुन: आन्दोलनमा उत्रिएका छन् ।

कलेज स्थानान्तरणको माग सम्बोधन नभएपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएको बताएका छन् । बिहीबार विद्यार्थीहरूले माइतीघरमा रिले अनसन गरे।

आन्दोलनरत विद्यार्थीले भने, ‘नोबेलमा जान हामीलाई थ्रेट छ । स्थानान्तरणको माग सम्बोधन नभएपछि पुनस् आन्दोलनमा छौं ।’

नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । अंशिक माग सम्बोधन भएपछि १० जनाबाहेक अन्य विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थी सुरक्षा थ्रेट रहेको भन्दै स्थानान्तरणको पक्षमा छन् ।

माघ ७ गते एमबिबिएस प्रथम वर्षका १४ विद्यार्थीले कलेज स्थानान्तरणका लागि शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । ती मध्ये चारजना कक्षामा फर्किएका छन् । १० जनाले भने विराटनगर आउँदा जोखिम हुने भएकाले आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलनरत विद्यार्थीले भने, ‘अग्रपंतिमा बसेर आन्दोलन गरेका विद्यार्थीमाथि कलेज प्रशासनबाट थ्रेट छ । विराटनगरमा जोखिम मोलेर पढ्न सक्दैनौं ।’ ‘शिक्षा मन्त्रीले अहिले भेट दिनुहुन्न । पढाइ छुटेको धेरै भयो, सरकारले हाम्रो कुरा सुनेन्,’ उनीहरूले भने ।

गत पुस पहिलो साताबाट एमबिबिएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । स्थानान्तरण नहुँदा आफ्नो पढाइ विग्रिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।