२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुसले दुई सहरमा गर्‍यो युद्धविरामको घोषणा

अ+ अ-

किभ । रुसले दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन्। उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आक्रमण रोक्न बताएको छ। मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् भनेर उक्त कार्य गरिएको हो। यस मार्फत, मारिउपोल र भोल्नोभाखा सहरका नागरिकहरूलाई मद्दत गरिनेछ।

रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको समाचार बीबीसीमा छ।

युक्रेनको धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिएको बेला युद्धविरामको घोषणा गरिएको हो। किभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल सहरहरू सबैभन्दा बढी युद्ध प्रभावित भएका छन्।

युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोडोलियाकले करिब २ लाख मानिसहरू मारियुपोल छोड्ने प्रयास गरिरहेको बताए। लगभग २० हजार मानिसहरू डोनेट्स्क क्षेत्रको भोल्नोभाखा क्षेत्र छोड्न चाहन्छन्।

हाल युक्रेनको सबैभन्दा ठूला बन्दरगाह भएका दुई सहर मारिउपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेको छ र यहाँ आक्रमण जारी छ ।