२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एकै परिवारका ५ जनाले विष सेवन गरेको आर्थिक कारण हुन सक्ने आशङ्का

अ+ अ-

काठमाडौँ । नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक भएको पाइएको छ ।

घटनास्थलबाट प्रहरीले बरामद गरेको ‘सुसाइड नोट’मा ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाबाट लिएको ऋण तिर्न नसक्दा पटक पटक ताकेता गरेको उल्लेख गरिएको छ ।

उक्त नोटमा सहकारीमा कार्यरत त्यस परिवारकी मन्दिरा प्रधान कोभिड–१९ का कारण उपस्थित हुन नसक्दा विभिन्न आरोपमा मुद्दा लगाइदिने धम्की सञ्चालकले दिएको पनि उल्लेख छ ।

भीममान प्रधान र उनकी श्रीमती मन्दिराले हस्ताक्षर गरेको नोटमा भनिएको छ, ‘धम्कीपछि म त्यहाँ उपस्थित हुँदा मलाई त्यहाँको म्याडम र ऋण शाखाका व्यक्तिहरूले ४ घण्टा मानसिक यातना दिएका थिए र प्रहरी वृत्त, जनसेवामा पनि लगेका थिए । मलाई त्यति बेला धेरै बेरसम्म आरोप–प्रत्यारोपण गर्ने र भिडियो बनाएर सम्पूर्ण स्थानमा बेइज्जत गरिदिन्छु भनेर प्रताडना दिने काम भयो ।’

नोटमा ‘आफ्नो र परिवारको हत्या गर्न ब्रिटिस गोर्खाली बचत तथा ऋण सहकारी संस्थाले’ बाध्य बनाएको पनि उल्लेख गरिएको छ । तर महानगरीय प्रहरी वृत्त, जनसेवाका डिएसपी डिलबहादुर मल्ल चाहिँ विना तामाङ नामक सेवाग्राहीले फाइनान्समा जम्मा हुनुपर्ने रकम नभएपछि मन्दिराविरुद्ध उजुरी परेको बताउँछन् ।

नोटमा एक जना व्यक्तिसँग हुण्डाई इओन गाडी खरिद गरेको भनिएको छ, तर लकडाउनका बेला तिर्न नसकेपछि बाँकी रकम फिर्ता दिन्छु भनेर गाडी लगेको उल्लेख गरिएको छ । ‘तर पछि उसले पनि तेरो पैसा दिन्न, सर्वोच्च गएर उजुरी दिए पनि मतलब छैन, मेरो खल्तीमा पुलिस प्रशासन सबै छ’ भनेर नोटमा उल्लेख गरिएको छ । आफूलाई उनले गाडी खरिद बिक्री गरेको कागज भए पनि प्रहरी–प्रशासनको धम्की दिएर चुप लाग्न बाध्य पारिएको भनिएको छ ।

सोमबार राति साढे ९ बजे डाँडा पौवामा प्रधानको परिवारका ५ जना अर्धबेहोस अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको मनमोहन मेमोरियल अस्पताल, स्वयम्भूमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । सुसाइड नोटको विषयमा चाहिँ अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।