२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको १ महिने चुनावी अभियान आजबाट, ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन सभा हुँदै

अ+ अ-

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आजदेखि १ महिने चुनावी अभियान सुरु गर्दै छ । ‘घरघर जाऔँ, काँग्रेस जिताऔँ’ नाम दिइएको १ महिने अभियानको आज १ बजे ७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुनेछ ।

जिल्लामा जिल्ला स्तरीय उद्घाटन सभामार्फत उद्घाटन हुने १ महिने अभियानलाई केन्द्रमा सभापति शेरबहादुर देउवाले शुभारम्भ गर्नेछन् ।
काँग्रेस प्रवक्ता डा.प्रकाश शरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू पुगिसकेका छन् ।

आज अभियानको उद्घाटन भएलगत्तै पालिका र वडाकेन्द्रीत कार्यक्रमरुले तीव्रता पाउनेछन् । ‘यो मुख्यतः जनताको घरघरमा पुग्ने अभियान हो । त्यसैले बढीभन्दा बढी कार्यक्रम वडा र टोलमा केन्द्रित गरेका छौँ । जनताका कुरा सुन्छौँ, हाम्रा कुरा भन्छौँ । काँग्रेसको अपरिहार्यताबारे जनतालाई बुझाउँछौँ’, प्रवक्ता महतको भनाई छ ।

अभियानका दौरान काँग्रेसले टोल समितिहरू गठनलाई तीव्रता दिनेछ भने आफ्नो नेतृत्वमा भएका कामहरूको प्रचार गर्नेछ । काङ्ग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोल—टोलमा अन्तरक्रिया कार्यक्रमहरू हुने बताइएको छ । त्यस्तै काँग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित गरेर पहिलो पटक मतदाता बनेकाहरूलाई प्रशिक्षणसमेत दिनेछ ।

अभियान अन्तर्गत खटिएका केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लाको सबै पालिकामा पुगेर कार्यक्रम सञ्चालन र अनुगमन गर्नेछन् । १ महिने अभियानपश्चात् केन्द्रीय प्रतिनिधिहरूले केन्द्रमा प्रतिवेदन समेत बुझाउनुपर्नेछ । काँग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा हरेक बुथमा सय युवा खटाउने घोषणा गरेको छ ।

‘वान बुथ हन्ड्रेड यूथको अवधारणा सफल बनाउन अभियान अन्तर्गत नै काम हुनेछ । यो अभियानले काङ्ग्रेसबारे जनतामा रहेका भ्रमको निवारण र सत्यको उजागर गर्नेछ’, महतले भने ।

काँग्रेसले १ महिने अभियानका ८ घोषित उद्देश्यहरू तय गरेको छ । जसअन्तर्गत स्थानीय निर्वाचनका लागि माहोल बनाउने, काँग्रेस जिताउन अपिल गर्ने, काँग्रेस नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने लगायतका उद्देश्य रहेका छन् ।

गत पुसको अन्तिम साता १४ औँ महाधिवेशन गरेयता काँग्रेसले संगठनविस्तार र चुनाव केन्द्रित कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ ।