काठमाडौँ । नेपाली काँग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् ।
पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरूलाई आज मनोनयन गरेका हुन् ।
सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनयन गरिएको छ ।
यसै गरी धादिङबाट तिलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन गरेको पार्टी प्रदेश कार्यालयले जनाएको छ ।
सभापतिबाट मनोनयन हुनेमा ललितपुरका रमेशकुमार वखती र राजेश महर्जन तथा दोलखाका प्रभुराम श्रेष्ठ रहेका छन् ।