२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गण्डकी प्रदेशले उचाल्यो महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

अ+ अ-

काठमाडौँ । धनगढीमा सम्पन्न मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । कर्णाली प्रदेशलाई तीन विकेटले पराजित गर्दै गण्डकीले प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधि विजेता गण्डकीले रु दुई लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता कर्णाली प्रदेशले रु एक लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार सम्पन्न फाइनल खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पैसठ्ठी रनको विजयी लक्ष्य पछ्याएर मैदान उत्रिएको गण्डकीले १७.३ ओभरमा सात विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि ज्योत्सनिका मरासिनीले ११ र सृजना पौडेल तथा आङ्पेम्बलुम्बा सेर्पाले समान ९–९ रन बनाइन् ।

बलिङतर्फ कर्णालीकी श्रीमीसिं थारूले चार विकेट लिइन् । विना थापाले दुई र एन्जीला थापाले एक विकेट लिइन् । त्यसअघि कर्णालीको पारि किरणकुमारी कुँवरले एक्लै सम्हालिन् । सतसट्ठी बलको सामना गरेकी उनले टोलीलाई २९ रनको योगदान दिइन् । बलिङतर्फ गण्डकीका लागि आकृति तिवारीले दुई र मनीषा उपाध्याय तथा ज्योत्सनिका मरासिनीले समान एक÷एक विकेट लिइन् । खेलको ‘प्लेयर अफ दी म्याच’ गण्डकीकी ज्योत्सनिका मरासिनी भइन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी गण्डकीकी ज्योत्सनिका मरासिनी भइन् । उनले नगद रु २५ हजारसहित ट्रफी प्राप्त गरिन् । सर्वोत्कृष्ट बलर कर्णालीकी एन्जीला थापा र उत्कृष्ट ब्याटर बागमतीकी हेलिशा गुरुङ भइन् । उनीहरूले जनही रु १०र१० हजार प्राप्त गरिन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा सात प्रदेशका यु–१९ महिला क्रिकेट टोलीको सहभागिता रहेको थियो ।