२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै कर्मचारी भर्ना गर्न प्रदेशको अध्यादेश, सचिव प्रमुख सचिव नियुक्त गर्दै

अ+ अ-

काठमाडौँ । बागमती प्रदेश सरकारले आफ्नै कर्मचारी राख्ने तयारीका साथ अध्यादेश ल्याउने भएको छ । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश कर्मचारी राख्ने तयारी गरेको हो । यसबारे मङ्गलवारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको र सम्भवतः भोलि निर्णय सार्वजनिक हुनसक्ने एक उच्च अधिकारीले प्रशासनलाई जानकारी गराएका छन् ।

हाल सङ्घीय सरकारले पठाउँदै आएको प्रदेश सरकारको प्रमुख सचिव, मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरू प्रदेश सरकार आफैँले नियुक्त गर्न सक्ने गरी सरकारले अध्यादेश ल्याउने भएको हो ।

यससँगै प्रदेश लोक सेवा आयोगलाई कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन बाटो खुलेको छ । अध्यादेशमा उल्लेख गरिएअनुसार १२ औँ तहको अधिकृत प्रदेश सरकारको प्रमुख सचिव हुनेछन् भने ११ औँ तहका अधिकृत मन्त्रालयका सचिव हुने व्यवस्था गरिएको छ ।

उपमहानगरमा दशौँ र महानगरमा ११ औँ तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था गरिएको अध्यादेशमा गाउँपालिका र नगरपालिकाहरूमा आठौँ, नवौँ, दसौँ र ११औँ तहका अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।

अध्यादेश लागु भएपछि प्रदेश सरकार आफैँले कर्मचारी नियुक्त, सरुवा र बढुवा गर्न सक्नेछ । सङ्घीय निजामती सेवा ऐन आई नसकेको अवस्थामा अध्यादेशले प्रदेश र सङ्घीय सरकार बिचको दुरी बढाउने र कर्मचारीको वृत्ति विकासमा बाधा पुग्ने भन्दै कतिपय कर्मचारीहरूले विरोध गरिरहेका छन् ।