९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत

अ+ अ-

काठमाडौँ । नागढुङ्गास्थित सुरुङमार्गमा भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ । हालसम्म आर्थिक प्रगति ‘मोबिलाइजेसन एडभान्स’सहित ४३ प्रतिशत पुगेको छ ।

जमिनमा गरिने काममा सडकमार्ग खन्ने काम ७६ प्रतिशत सकिएको छ भने बाँधमा भर्ने काम ३७ प्रतिशत सकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

निर्माण गर्नुपर्ने संरचनामध्ये ‘ओभर पास’ सम्पन्न भइसकेको छ भने ‘फ्लाइओभर’ निर्माणाधीन छ । तीन ‘अन्डर पास’मध्ये दुई सकिएको छ र चार ‘बक्स कल्भर्ट’मध्ये तीन सकिएको छ । तीन पुल निर्माण गर्नुपर्नेमा हालसम्म दुई सकिएको छ ।

मुख्य सुरुङ हालसम्म पूर्वतर्फबाट ५५३ मिटर र पश्चिम तर्फबाट ५५३ मिटर गरी एक हजार १०६ मिटर सम्पन्न भएको छ । मुख्य सुरुङको लम्बाई दुई हजार ६८८ मिटर रहेको छ । ‘

‘निष्कासन टनेल’ को लम्बाइ दुई हजार ५५७ मिटरमध्ये एक हजार ३८४ मिटर सकिएको आयोजनाले जनाएको छ । पूर्व तर्फबाट ५०७ मिटर र पश्चिम तर्फबाट ५७७ मिटर सकिएको छ ।

‘वर्किङ अडिट’ सम्पन्न भइसकेको छ । ‘क्रस प्यासेज’ १२८ मिटर लम्बाइमध्ये हालसम्म ४८ मिटर खनिसकेको छ ।

गत महिनामा ३० प्रतिशत भौतिक प्रगति रहेकामा एक महिनामा थप पाँच प्रतिशत प्रगति भएको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को ‘सफ्ट लोन’ मा निर्माणाधीन सो सुरुङमार्ग नेपालको पहिलो सुरुङ हो ।

जापान सरकारको ‘सफ्ट लोन’ मा विसं २०७६ कात्तिकमा ४२ महिनामा सम्पन्न गर्ने गरी सो आयोजना निर्माण सुरु भएको थियो ।

नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेसनबिच विसं २०७६ असोजमा सम्झौता भएको थियो । सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने विभागले जनाएको छ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर चौडाइका गरेर दुई वटा सुरुङको निर्माण हुनेछ ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन वटा सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन् ।

सहायक सुरुङ तत्काल उद्धारका लागि प्रयोग हुने बताइएको छ । ठाउँ ठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ ।

प्रतिक्रिया दिनुहोस