२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वामीकार्तिक खापर गाउँपालिकामा काँग्रेस विजयी

अ+ अ-

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् ।

रोकायाले एमालेका चतुर्भुज शाहीलाई पराजित गरेका हुन् ।

रोकायाले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए ।

गठबन्धनका उम्मेदवार नेकपा एसका चिरञ्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए ।

उपाध्यक्षमा काँग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी छिन् । उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् ।

गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् ।

अहिले निर्वाचित अध्यक्ष रोकाया र उपाध्यक्ष जोशी यस अघिको स्थानीय निर्वाचन ०७४ मा सोही पदमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

पाँच वटा वडा रहेको स्वमीकार्तिकमा २, ४ र ५ नम्बर वडामा नेपाली काँग्रेसका उम्मेदवारहरु क्रमशः विष्णुबहादुर बुढा, सिंह धामी र अमर बहादुर सिंह विजयी भएका छन् ।

वडा नम्बर १ मा माओवादी केन्द्रका अजय बहादुर बिक विजयी भए भने ३ नम्बर वडामा एमाले उम्मेदवार प्रेमबहादुर कटेल वडाध्यक्ष पदमा चुनिएका छन् ।